नेभिगेशन
अस्ट्रेलिया समाचार

सिड्नीबाट वाक फर वेलफेयर प्रारम्भ

एनआरएनए अस्ट्रेलियाले आफ्नो कार्यक्रमअन्तर्गत अस्ट्रेलियाका विभिन्न शहरहरूमा अभियानकै रूपमा चलाउँदै आएको यसपटकको वाक फर वेलफेयरको प्रारम्भ सिड्नीबाट शुरु भएको छ । मार्च १० तारिखका दिन राम्सगेटस्थित कुक पार्कदेखि १९८ ग्राण्ड परेडसम्म भएको पदयात्रामा करिब २ सय एनआरएनका अगुवाहरूले भाग लिएका थिए । करिब तीन किलोमिटर दुरी तय गरिएको उक्त पद यात्रापछि आयोजित संक्षिप्त मन्तव्य कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, वाक फर वेलफेयरका कोर्डिनेटर प्रतिज्ञा अधिकारी, महासचिव नारायण कोइराला लगायतका वक्ताहरूले अभियानको विविध पक्षका बारेमा मन्तव्य राखेका थिए । २०१३–२०१५ को कार्यसमितिले प्रारम्भ गरेको वाक फर वेलफेयर कार्यक्रम यहाँसम्म आइपुग्दा यो अभियानप्रति नेपाली समुदायको खासै चासो दिएको पाइँदैन । शुद्ध सामाजिक कार्यका लागि समुदायका व्यक्तिहरू स्वस्फूर्त अग्रसर हुनुपर्ने हो तर त्यस्तो देखिएन । यसपटकको वाक फर वेलफेयर अस्ट्रेलियाका डार्विन, पर्थ, एडिलेड, ब्रिसबेन, क्यानवेरा र मेलवर्नमा समेत हुनेछ । यसबाट उठेको कुल रकममध्ये ६० प्रतिशत रकम नारी निकुञ्ज अस्ट्रेलियाले अगाडि बढाएको परियोजनाहरूको लागि छुट्याइनेछ भने बाँकी रकम एनआरएनए अस्ट्रेलियाको सामाजिक कल्याणकारी कोषमा जम्मा गरिनेछ । सिड्नीको पदयात्रामा महिलाको तुलनामा पुरुषको संख्या कम रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।