नेभिगेशन
सम्पादकीय

सरकारी धनमा फुपुको श्राद्ध

अस्ट्रेलिया मा यतिखेर पूर्व हुने संघारमा रहेका नेपालका मन्त्रिहरूको ताँती लागेको छ । मन्त्रि मात्रै होइन आसेपासे र कर्मचारीसमेत मन्त्रीहरुको भ्रमण टोलीमा सवार छन् । अध्ययन अवलोकन भ्रमणको नाममा हुने गरेका यस्ता खालका भ्रमणले देशले केही उपलब्धि पाउन नसकेको यथार्थ सबैको सामु जगजाहेर नै छ । मन्त्रि तथा कर्मचारीको यस्तो खालको भ्रमणको लागि सरकारले मन्त्रालय र विभागहरुलाई वार्षिक दुई करोडदेखि पाँच करोड रुपयाँ चुत्याउँदै आएको छ । त्यही रकमलाई खर्च गर्ने निहँु पारी यसपटक अस्ट्रेलियामा अर्थ राज्यमन्त्रि उदय सम्शेर राणाको नेतृत्वमा मेल्बोर्न हुँदै सिड्नी आइपुगेको छ । त्यसैगरी कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलको नेतृत्वमा यही महिनाको तेश्रो हप्तामा अस्ट्रेलिया आउँदैछ । त्यसैगरी पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरेको नेतृत्वमा पनि एउटा जम्बो टोली यता आउँदैछ । त्यति मात्रै होइन संचार मन्त्रालयका सचिव केदार बहादुर अधिकारीको नेतउत्वमा रहेको टोली अहिले अस्ट्रेलिया भ्रमणमा छ । भ्रमण नियमावली अनुसार कर्मचारीले भ्रमणबापत् पाउने रकमबाट नै उनीहरुले पाउने भत्ताबाट नै बिदेश जाँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नु पर्ने ब्यबस्था गरेको छ । तर भ्रमणमा आउने अधिकांश मन्त्रि तथा कर्मचारीहरु कि त आफन्तको मा खाने बस्ने गर्छन् कि त आफु नजिककोसँग संस्थाका पधाधिकारीलाई ब्यबस्था गर्न दबाब दिने गर्दछन् । विदेश भ्रमणमा जाने विषयमा विवाद गर्ने ठाउँ रहदैन तर किन र के कारणले भ्रमण गरिन्छ त्यो कुराले महत्व राख्दछ । सरकारी ढुकुटी खर्च गरेर भ्रमण गरिसकेपछि कमसेकम राष्ट्रले भ्रमण टोलीबाट केही न केही पाओस् भन्ने हो । मन्त्रि, नेता तथा सरकारी कर्मचारी अध्ययन भ्रमणको निहुँ बनाएर विदेश सयर गरेको यो कुनै नौलो होइन । हाम्रो देशका प्राय नेता तथा मन्त्रीहरु अस्ट्रेलिया मात्र होइन संसारका धेरै मुलुक घुमिसकेका छन् । तर जनताले महसुस गर्ने मुलुकलाई कुन क्षेत्रमा सुधार गर्न सके भन्ने प्रश्न प्रवासमा रहेका नेपालीमनहरुले गर्नु अस्वभाभिक होइन । राष्ट्रको ढुकुटीबाट भ्रमण गर्ने अनि उपलब्धि शून्य हुने खालका सबै भ्रमणको हामीले खुलेर बिरोध गर्नुपर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय