नेभिगेशन
मोडल

निखिला चापागाई

स्कुले जीवनदेखि नै मञ्च पाउना साथ नाँच्न तम्सिहाल्ने निखिला यतिखेर सिड्नीकी ब्यस्त डान्सर मात्र होइन मोडलका रुपमा समेत आफ्नो परिचय बनाउँदैछिन् । बुवा खिमनाथ चापागाई सरकारी कर्मचारी भएकोले उनले कक्षा १ देखि १० सम्म एउटै स्कुलमा पढ्न पाइनन् । फलस्वरूप बुवाको सरुवा जहाँजहाँ हुन्छ उनी पनि त्यहीत्यही गएर आफ्नो अध्ययनलाई अगाडि बढाएकी निखिलाले गौरादहको माउन्ट एभरेस्ट स्कुलबाट एसएलसी दिइन् । एसएलसी पास गरेपछि चितवनस्थित बालकुमारी नर्सिङ्ग क्याम्पसबाट पीसीएल नर्सिङ्गमा उनले उत्कृस्ट अंक ल्याएर क्याम्पस टप गरिन् । आमा निलम चापागाईं नृत्य शिक्षिका भएकोले होला पारिवारिक बातावारणले उनलाई यस क्षेत्रमा लाग्न प्रेरित गरिरह्यो । उनी भन्छिन्– बुवा आमाले मलाई सानैमा डान्स क्लासमा भर्ना गरिदिनु भयो । त्यसले पनि मलाई यो क्षेत्र छोड्न मन लाग्दैन, सानैदेखि नै मैले नृत्यलाई आफ्नो सपनाको रुपमा लिदै आएकी छु । चितवनमा नर्सिङ्ग अध्ययन गर्दा समेत उनी चितवन कलाकेन्द्रमा आयोजना हुने कार्यक्रममा नाँच्थिन्, जसले गर्दा नृत्य गर्ने शैलीलाई माझ्न सघायो । सुन्दर भविष्यको कल्पना गर्दै सन् २०१६ को अन्त्यतिर अस्ट्रेलिया आएकी निखिला यतिखेर विश्व नृत्य बजारमा प्रख्यात बेली डान्सरको रुपमा आफुलाई चिनाउँदैछिन् । युट्युब हेरेर बेली डान्स सिकेको बताउने निखिला अब यो डान्समा आफुलाई कसरी निखार ल्याउन सकिन्छ भनेर लागिपरेकी छिन् । उनी भन्छिन् – अरु खालको डान्स त सबैले गर्छन्, आफ्नो डान्सको क्यारियरमा केही नयाँपन ल्याउन पनि मैले यो डान्स लाइ महत्व दिएको छु । हुन त उनले सिड्नीको ब्यस्त जीवनमा समय निकालेर म्युजिक भिडियो तथा गीतहरुमा मोडलिङ समेत गर्न भ्याइसकेकी छन् । उनी भन्छिन् – समयले साथ दिएसम्म डान्सलाई नै अगाडि बढाउनेछु ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्