नेभिगेशन
नेपाल समाचार

सिड्नीमा रक्तदान सम्पन्न

अष्ट्रेलियामा रहेको सृजनशिल युवाहरुको संगठन नेपाली युथ फोरम अष्ट्रेलियाको आयोजनामा संस्थाका संस्थापक महासचिव तथा समाजसेवी सुरज भट्टराईको स्मृतिमा सिड्नीको ४८३ जर्ज स्ट्रिटस्थित रेडक्रस ब्लड डोनर सेन्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना ग¥यो । संस्थाका प्रवक्ता दिवाकर काफ्लेका अनुसार २ बजेबाट सुरु भएर ४ बजे समापन भएको उक्त रक्तदान कार्यक्रममा ११ रक्तदाताहरुले होल बल्ड (ध्जयभि द्ययियम) र बाँकी २ ले प्लाज्मा (एबिकmब० दान गरेका थिए । कार्यक्रमा संस्थाका अध्यक्ष सागर अधिकारीले उपस्थित हुने रक्तदाताहरूप्रति आभार व्यक्त गरे । कार्यक्रमलाई फोरमका महासचिव अरुण गौतम र सचिव दामोदर रावलले संयोजन गरेका थिए । फोरमले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक बर्ष रक्तदान गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्