नेभिगेशन
अन्य

विद्यालयको सहयोगार्थ गाला डिनर

अन्तर्राष्ट्रय नारी दिवसको अवसरमा ‘अजी एक्सन अबरोड’ को आयोजनामा यही मार्च १० गते शनिबारका दिन मेलवनको थर्नबी थिएटरमा गाला डिनर हुँदैछ । समाजलाई सशक्त र समृद्ध बनाउने उद्देश्य बोकेको ‘सेभेन समिट वुमन टिम’ले उक्त गाला डिनर कार्यक्रममा पर्वतारहणका अनुभव र कथाहरू पस्कनेछन् । भूकम्पबाट क्षतविक्षत् भएको सिन्धुपाल्चोकको काफ्लेस्थित श्री बालसुधार प्राथमिक विद्यालयको सहयोगार्थ आयोजना हुन लागेको उक्त गाला डिनर साँझ ५ः३० बजेदेखि शुरु हुनेछ । कार्यक्रमका बारेमा थप जानकारीका लागि पुनम कुँवर ०४२२ १४८ ६७० र प्रकाश थापा ०४३३ १४१ ६२७ मा सम्पर्क गर्न सकिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्