नेभिगेशन
अन्य

मेलवर्नमा डम्फू सांझ सम्पन्न

तामाङ समाज भिक्टोरियाको आयोजनामा फेब्रुअरी ३ तारिखका दिन मेलवर्नको प्रिस्टन सिटी हलमा डम्फू साँझ सम्पन्न भएको छ । तामाङ समुदायको नयाँ वर्ष तथा सांस्कृतिक पर्व ल्होछारको अवसरमा आयोजित उक्त डम्फू साँझमा तामाङ भेषभुषा र संस्कृतिमा आधारित गीत तथा संगीत प्रस्तुत गरिएको थियो । तामाङ समुदायले यसपटक २८५४ औं नागी ल्हो मनाएको हो । विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरुका साथमा नेपाली खानाका स्टलहरु रहेको उक्त साँझमा लामा मोल्हम पूजा पाठ समेत गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्