नेभिगेशन
अन्य

तोरन्ल कप २०१८ हुने

थकालीहरूको एक प्रमुख पर्व तोरन्हको अवसरमा थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा यही फेब्रुअरी ११ र १८ तारिखका दिन सिड्नीको म्यारिकभिलस्थित पिसिवाइसी क्लवमा ‘तोरन्ल रनिङ कप २०१८’ अन्तर्गत भलिबल र बास्केटबल प्रतियोगिताको आयोजना हुँदैछ । तोरन्ल पर्व १२ बर्षको चक्रीय मेलाको रूपमा पनि प्रसिद्ध छ । थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन् । थकालीहरुको तोरन्ल पर्व र फागु पूर्णिमा सँगसँगै पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ । विगतमा भलिबल र बास्केटबल प्रतियोगिता गर्दै आएको थकाली समाजले यसपटकदेपख फुटबल प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ । समाजका नवनिर्वााचत अध्यक्ष ईन्द तुलाचनको उपस्थितमा २० जनवरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराइएको थियो । समाजले फुटबलको मिति र स्थानको जानकारी छिट्टै गराउने जनाएको छ । समाजका अनुसार आगामी मार्च ३ तारिखका दिन सिड्नीको रकडेलस्थित रेड क्याप्सिकम रेष्टुरेन्टमा एक बिशेष कार्यक्रम पनि आयोजना गरिने जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्