नेभिगेशन
अन्य

सिड्नीमा कंडेल कन्सल्टेन्सी

विगत लामो समयदेखि मेलवर्नलाई केन्द्र बनाएर शैक्षिक परामर्श र माइग्रेसनको सेवा प्रदान गर्दै आएको कँडेल कन्सल्टेन्सीले आफ्नो सेवा विस्तारका क्रममा सिड्नीमा पनि आफ्नो सेवा विस्तार गरेको छ । सिड्नीको ४८८ जर्ज स्ट्रिटमा संचालनमा ल्याइएको उक्त कन्सल्टेन्सीले शैक्षिक परामर्श र माइग्रेसनका विविध सेवाहरू सहज र सरल रूपमा उपलब्ध गराउने बताइएको छ । कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेलले नेपाल न्युज अस्ट्रेलियासँग कुरा गर्दै सही सूचना र जानकारी दिएर विद्यार्थीको भविष्य सुनिश्चित पार्नतर्फ आफूहरू कटिवद्ध रहेको बताउँदै ग्राहकको सेवा नै आफूहरुको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्