नेभिगेशन
अन्य

जलजलालाई अस्ट्रेलियाबाट सहयोग

दुवै मिर्गौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी नेपाली तारा सिजन ३ कि प्रतिष्पर्धी तथा होनहार गायिका जलजला परियारको सहयोगार्थ अस्ट्रेलियाको सिड्नीबाट बिएमएस फिल्मस्ले राहत संकलन गरेर उठेको रकम पीडितलाई हस्तान्तरण गरेको छ । बिएमएस फिल्मस्का विरेन्द्रदीप मल्लका अनुसार अस्ट्रेलिया विभिन्न सहयोगी मनहरूबाट संकलन गरिएको २ हजार ३७ अस्ट्रेलियन डलर (करिब एक लाख ७३ हजार नेपाली रुपैयाँ) जलजलाका अभिभावकलाई लोकगायिका मञ्जु पौडेलले हस्तान्तरण गरेकी थिइन् । यसैगरी राप्ती समाज अस्ट्रेलियाले पनि गायिका जलजला परियारको उपचारको सहयोगार्थ उठेको करिब ६ सय अस्ट्रेलियन डलर (५१ हजार २ सय ४० नेपाली रुपैयाँ) जलजलाका बाबु नारायण परियारलाई हस्तान्तरण गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्