नेभिगेशन
अन्य

ईश्वर पोखरेलको “तिम्रो दिलको साम्राज्यमा” सार्वजनिक

अस्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा सक्रिय गायक ईश्वर पोखरेल अविरलले आफ्नो नयाँ गीत ‘तिम्रो दिलको साम्राज्यमा’ हालै आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका छन् । निर्देशक निकेश खड्काको निर्देशनमा तयार गरिएको उक्त गीतको म्युजिक भिडियोमा नाजिर हुसेन र केकी अधिकारीले अभिनय गरेका छन् । दावा लामाको शब्द र आनन्द राईको संगीत रहेको उक्त म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन तथा गोपाल रसाइलीले संयोजन गरेका हुन् । क्लासिकल रोमान्टिक थिम रहेको उक्त गीतको म्युजिक भिडियोमा नाजिर र केकीलाई सफ्ट रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । चलचित्र ‘राज्जा रानी’ मा देखिएको केकी र नाजिरको जोडीभन्दा अपोजिट रुपमा उनीहरुलाई भिडियोमा प्रस्तुत गरिएको निर्देशक निकेश खड्काले नेपाल न्युज अस्ट्रेलियालाई बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्