नेभिगेशन
नेपाल समाचार

जन्मभूमिका लागि च्यारिटी डिनर सम्पन्न

पर्वत जिल्लास्थित श्री मातृभूमि प्राइमरी स्कुलको सहयोगार्थ एनआरएनए अस्ट्रेलियाका एनयसडब्लु एससीसी युथ कोओर्डिनेटर विजय पौडेल “पौल” को पहल तथा भिजन फर मोटिभेसनसँगको सहकार्यमा हेल्प मातृभूमि च्यारिटी गाला डिनर गत जनवरी २८ तारिख आइतबारका दिन सिड्नीको रकडलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय कलाकारहरु समिर आचार्य, दिल तामाङ, ईश्वर पोखरल, राजकुमार गोस्वामी, सुजाता उपाध्याय, प्रदीप चापागाई, रितान खड्का, रौनक शाक्य, अनु खत्री लगायतका स्थानीय कलाकारहरुले आआफ्नो गीतसंगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा पेन्टर कृष्णको चित्रलाई एनएसडब्लु न्युसाउथ वेल्स का महावाणिज्य दुत दीपक खड्काले २ हजार २ सयमा खरिद गरेका थिए । कार्यक्रममा पेन्टर कृष्ण र चर्चित श्रेष्ठका चित्रलाई बलकबोल गरी विक्री गरिएको थियो । उक्त च्यारिटी गाला डिनरबाट करिब १० हजार डलर संकलन भएको जनाइएको छ । कार्यक्रममा सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्