नेभिगेशन
नेपाल समाचार

सिड्नीमा सोनाम ल्होछार सम्पन्न

तामाङ सोसाइटी अफ एनएसडब्लुको आयोजना गत जवनरी २७ तारिख शनिबारको दिन सिड्नको पिटरश्यामस्थित टाउनहलमा ‘नागी खी ल्होछार २८५४’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा पूजा लगायतका तामाङ संस्कृति झल्किने विभिन्न मनोरञ्जानत्मक सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । स्थानीय कलाकारहरूको विभिन्न प्रस्तुती रहेको सो कार्यक्रममा सिड्नीवासी तामाङहरू बीच भेटघाट तथा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । हरेक बर्ष विभिन्न जिव जन्तुहरुले नामाकरण गरिने नेपाली तामाङहरुको यो बिशेष चाडमा यस बर्ष भने कुकुर बर्ष लागू भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्