नेभिगेशन
नेपाल समाचार

गुल्मी समाज अस्ट्रेलियाको अध्यक्षमा श्याम केसी

गुल्मी जिल्ला जन्मेर अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाई बसेका गुल्मेलीहरूको साझा संस्था गुल्मी समाज अस्ट्रेलियाको गत जनवरी २७ तारिख शनिबारका दिन सिड्नीको रकडेलस्थित एभरेष्ट फङ्सन सेन्टरमा साधारण सभाले श्याम केसीलाई सर्वसम्मत रूपमा अध्यक्षमा नियुक्त गरेको छ । निवर्तमान अध्यक्ष भिम खरेलको अध्यक्षतामा संचालन भएको उक्त सधारण सभाबाट उपाध्यक्षमा कमला बस्नेत र चतुरभुज खरेल, सचिवमा प्रेम सापकोटा र सहसचिवमा बिस्नु काप्ले र कोषाध्यक्षमा रमेश मरासिनी नियुक्त भएका छन् । त्यसैगरी साधारण सभाले कार्यकारी सदस्यहरूमा नवराज खराल, दिग्विजय अर्याल, मुस्कान पाण्डे, सुवोध थापा, कृष्ण खरेल, विष्णु भुसाल, युवाराज भण्डारी र विष्णु घिमिरेलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । समारोहमा गुल्मेली, गुल्मीसँग भावनात्मक सम्बन्ध भएकाहरु र सिड्नीवासी नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । विविध संस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रममा सहभागीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै कार्यसफलताको शुभकामाना दिएका थिए । नवनिर्वाचित अध्यक्ष केसीले विगतमा जस्तै सबैबाट सहयोगको निरन्तरता रहने विश्वास लिंदै सबैसँग हातेमालो गरी अगाडि बढ्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्