नेभिगेशन
नेपाल समाचार

सिड्नीमा यसपाली जनवरी ६ तारिखमा तमू ल्हाेछार मनाईने

सिड्नी । तमु समाज सिड्नीकाे आयाेजनामा हर्षभिलकाे म्याकमाेहन स्ट्रिटकाे हलमा धुमधामले ल्हाेछार मनाउन लागिएकाे हाे । ल्हाेछार कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा, एनएसडब्लुका महाबाणिज्य दुत दिपक खड्का, स्थानिय सांसद तथा विभिन्न सघसंस्थाका प्रतिनिधी सहभागी हुने समाजका अध्यक्ष टंक गुरुङले जानकारी दिनुभयाे । साझ ५ बजे देखि राति ११ बजेसम्म हुने कार्यक्रममा सांगेतिक प्रस्तुतीका लागि नेपालबाट कलाकार मनाेज गुरुङ पनि आउदै हुनुहुन्छ । स्थानिय कलाकारले विभिन्न गुरुङ नृत्य समेत प्रस्तुत गर्नेछन् । कार्यक्रममा गुरुङ परिकार र खानाकाे समेत व्यवस्था गरिएकाे छ । सन् १९९६ सालमा गठन भएकाे तमु समाज सिड्नीले सुरु देखि नै हरेक वर्ष तमु ल्हाेछार मनाउदै आएकाे छ । तमु ल्होसार गुरुङ जातिको महान चाड हो । होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ। तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्येता शास्त्र अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्