नेभिगेशन
नेपाल समाचार

तामाङ सोसाइटी अफ एनएसडब्लुको सोनाम ल्होछार जनवरी २७ तारिखमा

सिड्नी । तामाङ सोसाइटी अफ एनएसडब्लुले आगामी जनवरी २७ तारिख को दिन आफ्नो मौलिक पर्व सोनाम ल्होछार २८५४ भब्यता का साथ मनाउने भएको छ ।यस स्टडी अष्ट्रेलिया को बिशेष प्रायोजन मा हुन लागेको यस् सास्कृतिक तथा पारिवारिक कार्यक्रम मा तामाङ हरु को मौलिक सस्क्रिती झल्कने बिभिन्न झाकीहरु को मज्जा लिन सकिन्छ । हरेक बर्ष बिभिन्न जिब जन्तु हरु ले नामाकरण गरिने नेपाली तामाङ हरु को यो बिशेष चाड यस् बर्ष भने कुकुर बर्ष लागु हुने भएको छ । आयोजक का अनुसार नागी ( खि ) भन्नले कुकुर र ल्होछार भन्नाले नयाँ बर्ष भन्ने बुझिन्छ । प्रबेश शुल्क २० डलर राखिएको यस् कार्यक्रम मा बिगत का बर्ष हरु झै यस् बर्ष पनि नेपाली तामाङ हरु को कला सस्क्रिती झल्कने बिशेष नाचगान ,नेपाल बाट आउने चर्चित गायक बिजय लामा को उत्कृष्ट सेलो तथा पप गायन प्रस्तुती , लामा गुरु पूजा र अन्य स्थानिय कलाकार हरु को रमाइला कृयाकलाप हरु ले कार्यक्रम लाई भरिपूर्ण बनाउने सस्था का अध्यक्ष् दिल तामाङ ले बताए। नेपाली तामाङ हरु को महान चाड सोनाम ल्होछार लाई सब्य र भब्य तवरले मनाउन सिड्नी का सम्पूर्ण नेपाली समुदायहरुलाई आयोजक तामाङ सोसाइटी अफ यन यस् डब्लु ले हार्दिक निमन्त्रणा गरेको छ । थप जानकारी को लागी आयोजक समिती दिल तामाङ ०४०१ ५६४ ५६२ किशोर लामा ०४०६ ६७५ ८९९ सरस्वती लामा ०४१० ६६२ ०१० मा सम्पर्क गर्न सकिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्