नेभिगेशन
नेपाल समाचार

एनएडिएफको बार्बिक्यू तथा पुर्नमिलन कार्यक्रम सम्पन्न

सिड्नी । सिड्नी र यसको वरपर बसोबास गर्दै आएका प्रजातान्त्रिक बिचार राख्ने नेपालीहरुलाई एकजुट बनाएर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग एबम नेपालको आर्थिक र सामाजिक बिकासमा सहयोग पुर्याउने उदेश्यले सन् १९९८ मा स्थापना भएको नेप्लीज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ) ले यहि डिसेम्बर २३ तारिख शनिवार पुनर्मिलन एबम बार्बिक्यु कार्यक्रम सम्पन्न गरेको छ । सिड्नी स्थित एसफिल्ड पार्कमा भएको उक्त कार्यक्रममा वक्ताहरुले अस्ट्रेलियामा बसोवास गरिरहेका प्रजातन्त्रबादीहरुलाई एकजुट बनाई नेपालका आर्थिक सामाजिक एवं शैक्षिक लगायतका क्षेत्रहरुमा सहयोग गर्नुपर्नेमा जोड दिए । नेपालीहरुको दुखसुखको साथीको रुपमा स्थापना भएको यस संस्थाको गरिमा र महत्व आज अझ बढ्दै गएको बताए । उनीहरुले प्रजातान्त्रिक विचारधारा राख्ने अस्ट्रेलियावासी नेपालहरुको साझा संस्थाको रुपमा रहेको यो संस्थाले यहाँका नेपाली कांग्रेसप्रति आस्था राख्ने साथीहरुबीच वेलावेलामा देखिने विवाद र मनमुटावलाई समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष विवेक थापाले अग्रजहरुको सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै युवा पुस्तालाई साथ लिदै अगाडि बढाउने कुरामा कुनै कसर बाँकी नराख्ने बताए । थापाले अगामी ३ फेब्रअरी शनिवारका दिन नेपाली कांग्रेसका युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा विचार गोष्ठी गर्न लागिएको जानकारी दिदै सबैले आआफ्नो क्षेत्रमा सहयोग आग्रह समेत गरे । एनएडिएफका अध्यक्ष विवेक थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व अध्यक्षहरु सुरेन्द्र सिग्देल, दिनेशराज जोशी, डिल्लीराम ढकाल, महेन्द्र लम्साल, छिरिङ तेन्जी लामा , सस्थापक उपाध्यक्ष डा. शम्शेरसिंह थापा, महासचिव मन केसी,पत्रकार हेमन्त काफलेले आआफ्नो विचार राखेका थिए । त्यस्तै उक्त कार्यक्रममा एनएसडब्लुका उपाध्यक्ष नन्द गुरुङ नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारी, नयाँका अध्यक्ष प्रकाश खरेल, चितवन समाजका अध्यक्ष बुद्घि डल्लाकोटी लगायतले आगामी दिनमा संस्थाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेन्द्र सापकोटाले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन संस्थाका महासचिव माधव गैह्ेले गरेका थिए । विहान ११ बजेदेखि शुरु भएको उक्त बारबिक्यू कार्यक्रममा अस्ट्रेलियामा बसोबास गरिरहेका प्रजातान्त्रिक विचार राख्ने शुभचिन्तकहरुको सक्रिय सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्