नेभिगेशन
नेपाल समाचार

हस्नर्बीमा सांगेतिक साँझ सम्पन्न

सिड्नी । हामी इभेन्टको आयोजनामा डिसेम्बर १५ तारिक शुक्रबार साझ होर्न्स्बी आर एस एल क्लबमा एक सांगेतिक कार्यक्रम सम्पन्न भयो । नेपालका प्रख्यात गाएक काली प्रसाद बास्कोटाले आफ्नो विभिन्न सांगेतिक कोसेली पस्केर सहभागी दर्सक एबम स्रोतालाई मनोरंजन दिएका थिए ।सांगेतिक कार्यक्रममा प्रख्यात हास्यब्यन्गाकार भुपेन्द्र चुडालले विभिन्न हास्यव्यङ्ग प्रस्तुत गरेर उपस्थित्जनालाई पेट मिचाई मिचाई हसाएका थिए । त्यसै गरि कार्यक्रम मा सानु के सी र निखिलाले समेत आ आफ्नो सांगेतिक प्रस्तुति दिएर मनोरंजन दिलाएका थिए । होर्न्स्बी आसपासमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा डीजे सुशील ले कार्यक्रमलाई थप संगीतमय बनाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्