नेभिगेशन
नेपाल समाचार

रुपन्देही सामाजिक संजालको अध्यक्षमा कृष्ण गैरे

सिड्नी । रुपन्देही सामाजिक संजालको डिसेम्बर १७ तारिख सम्पन्न प्रथम अधिबेशनले कृष्ण गैरेको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ । सिड्नीको क्याम्सिस्थित एडिज किचनमा सम्पन्न अधिबेशन ले सस्थाको बरिस्ठ उपाध्यक्षमा भुवन पाण्डे ,उपाध्यक्षमोहन पाण्डे, महासचिबमा महेश्वर शर्मा,सचिबमा सरोज पाण्डे र कोशाध्यक्ष मा रोशन कोइरालालाई चयन गरेको छ । यसै गरि सदस्यहरुमा अर्जुन के सी ,जगत थापा ,दिवाकर काफ्ले ,बिक्रम बिस्वकर्मा ,इश्वरी गैरे, चुन्ना छेत्री ,प्रदिप पन्थी ,रेमन के सी ,प्रदिप खनाल, कृष्ण प्रसाद खनाल र बिप्लव सापकोटालाई चयन गरेको छ ।अधिबेशनले सास्कृतिक संयोजकमा इश्वर पोखरेल,खेलकुद संयोजकमा सोभित कुवर ,पब्लिक रिलेसन अफिसरमा सुशील नेपाल ,कन्ट्री संयोजकमा सन्तोष के सी ,प्रोजेक्ट म्यानेजरमा मुक्तिराम पोखरेल र युवा संयोजकमा दिपेन्द्र भण्डारीलाई तोकेको छ । अधिबेशनन अघि आजै भएको बन्द सत्रमा सस्थाका अध्यक्ष राज खनालद्वारा पेश गरिएको सस्थाको बार्षिक प्रतिबेदन र कोशाध्यक्ष रोशन कोइरालाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनलाई सर्बसम्मतिले पारित गरेको थियो । अधिबेशनले निबर्तमान अध्यक्ष राज खनाललाई सस्थाको संरक्षकमा चयन गरेको छ । अधिबेशन समापन समारोहमा एन आर एन ए अस्ट्रेलिया का उपाध्यक्ष नन्द गुरुंगले रुपन्देही सामाजिक संजालले आफ्नो स्थापनाकालको छोटो समयमै धेरै कल्याणकारी कार्य गरेको बताउदै सस्थाले आगामी दिनमा अगाडी बढाउने कार्यमा एन आर एनको सहयोग र सहकार्य हुने उल्लेख गरे । एन आर एन अस्ट्रेलियाका सचिब देव गुरुंगले संजालको हरेक कार्यमा आफ्नो र सस्थाको सहयोग रहने बताए । सो अवसरमा निबर्तमान अध्यक्ष राज खनालले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि सस्थाको उदेश्य प्राप्तिको लागि आफुले सक्दो सहयोग गर्ने उल्लेख गरे । नबनिर्वाचित अध्यक्ष कृष्ण गैरेले सस्थाले अगाडी सरेको सामाजिक एबम कल्याणकारी कार्यलाई सफल बनाउन समाजका सबै वर्ग र समुदायासंग सहयोग र सहकार्य गरिने बताए । कार्यक्रमको संचालन सस्थाका नवनिर्वाचित महासचिब महेश्वर शर्माले गरेका थिए । अधिवेशनले रामजी बिस्ट ,भारत देबकोटा र टिका कार्कीलाई सस्थाको सल्लाहकारहरुमा मनोनयन गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्