नेभिगेशन
नेपाल समाचार

सिड्नीको हन्टरभ्यालीमा ७ सय अभिभावकहरुको पिकनिक तथा भ्रमण

सिड्नी । एनआरएन अस्ट्रेलियाले सिड्नीमा रहेका करिब ७ सय अभिवभावकहरुलाई हन्टरभ्यालीको भ्रमण गराउदैं एक पिकनिकको आयोजना सम्पन्न गरेको छ । सिड्नीवाट करिब तिन सय किलोमिटरको दुरीमा रहेको पर्यटकिय नगरी हन्टरभ्यालीमा नेपाली अभिभावकहरु ढाका टोपी र सारीमा सजिएर गर्मीको परवाह नगरी दोहोरी र लोकलयमा नाचगानमा ब्यस्त देखिन्थे । अनि आफ्ना साथीसंगीहरुसित झलाकुसारीमा रमाए । एनआरएन अस्ट्रेलियाले पछिल्लो कार्यकालदेखि प्रारम्भ गरेको अभिभावक पिकनिक यसपटक पनि साच्चीकै उत्साहजनक उपस्थिति रहेको थियो । नेपालवाट छोरा छोरी भेट्न, नातिनातिनी हेर्न समेत ओइरहेको नेपाली अभिभावकलाई खुला बाताबरणमा एक आपसमा आत्मीयता साटने यो मेला साच्चीकै अपुर्व देखिन्थ्यो । एनआरएनले अवलम्बन गरेका धेरै कार्यक्रममध्ये लोकप्रीय बनेको यो कार्यक्रममा यस पटक सिड्नीवाट मात्र करिब ७ सय अभिभावकले सहभागिता जनाएका थिए । देशका कुना काप्चावाट सातसमुन्द्रपारी अस्ट्रेलिया आइपुगेका अभिभावकहरुबिचको मेलमिलाप साच्चीक्कै हेर्न लायक थियो । कतै पुर्बेलीभाका त कतै देउडा अनि कही भोजपुरीका भाकाहरु एकैस्थानमा घन्कदा अभिभावकहरुलाई स्वदेशमै घुमेजस्तो महशुस गरिरहेका देखिन्थे । सिडनीवाट करिब तिन सय किलोमिटरमा रहेको पर्यटकिय नगरी हन्टरभ्याली शनिबार नेपालमय बनेको थियो । एनआरएनको न्यु साउथवेल्स शाखाले आयोजना गरेको अभिभावक पिकनिक साच्चीकै उत्साहप्रद रहयो । हामीले यसलाई निरन्तरता दिने मात्र होइन ,अन्य थप कार्यक्रमपनि आयोजना गर्नुपर्छ भन्ने सोच बनाएका छौ ,एनआरएनएका उपाध्यक्ष नन्द गुरुङले बताए । साडी चोलो र ढाकाटोपीमान होइन मेधशको कुर्ता पाइजामा अनि आआफ्नै भेषभुषामा सजिएका करिब सात सय अभिभावकहरुले बिदेशमा पनि एउटै थलोमा आपसी सदभाव साटदै गर्दा मुलुक प्रतिबिम्बीत भएको एनआरएनका पुर्व उपाध्यक्ष तथा यस कार्यक्रमका अभियन्ता दिनेश पोखरेलले बताए । साच्चीक्कै एक दिन भएपनि बिदेशमा यत्रो नेपाली अभिभावक भेला भएर रमाइलो गर्न पाउनु साच्चीकै महत्वपुर्ण र गर्वको बिषय भएको नेपाली अभिभावक शम्भु पोखरेल बताउछन । पोखरेलले एनआरएनले अबका दिनहरुमा बढ्दै गएको नेपाली समाजसँंगै अभिभावक र बाल बालिका अनि परिवारलाई समेटने कार्यक्रम अगाडि ल्याए सुनमा सुगन्ध हुने बताए । एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेल नेपाली समाज बाक्लिदै गर्दा यतिखेर हजारौ अभिभावक अस्ट्रेलियामा रहेको अवस्थामा उहाँंहरुलाई मध्यनजर गरेर एनआरएनले यो कार्यक्रम ल्याएको हो । अभिभावकहरुले पिकनिक तथा भ्रमण निकै व्यवस्थित भएकोमा एनआरएन अस्ट्रेलियालाई धन्यवाद दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्