नेभिगेशन
नेपाल समाचार

भोली शनिवार अस्ट्रेलियाको हन्टरभ्यालीमा आठ सय अभिावकको भेला

सिड्नी ।गैर आवसीय नेपाली संघ अस्ट्रेलियाको न्यू साउथ वेल्स समितिले यँंहा आएका नेपाली अभिभावकहरुलाई घुमाउन लैजाने भएको छ । करिब एक लाखको संख्यामा नेपाली अस्ट्रेलियामा रहेको तथ्यांकमा अहिले करिब चार हजार अभिभावक रहेको अनुमान गरिन्छ । सिड्नी वरपर रहेका करिव आठ सय जना अभिभावकहरु यस पटकको भ्रमणमा सहभागि हुने भएको आयोजक कमिटीले जनाएको छ । एनआरएन अस्ट्रेलियाको न्यु साउथवेल्स च्याप्टरले अभिभावकहरुलाई सिड्नीवाट करिब चार घन्टाको बस यात्रामा पुगिने हण्टर भ्याली लाने योजना बनाएको छ । बनभोज कार्यक्रम सहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रमका पनि रहेको आर एन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले बताए । नेपाली अभिभावक विच आपसी चिनजान र परदेशमा पनि नेपालीपन भेटिने यो कार्यक्रम बिगत कार्यकालदेखि निकै लोकप्रीय रहदै आएको छ । १६ डिसेम्बर शनिबार तोकिएको बनभोज बिहान नौ बजेदेखि पाँंच बजेसम्म चल्ने छ । अभिभावकहरुलाई सिड्नीको कोग्रा, पेन्र्सस्ट, एसफिल्ड, क्याम्सी, ग्रानभिल, अर्वन, वेस्टमिड, ब्ल्याकटाउन, हंन्सबी, डिवाई, आर्टामन र इन्गलर्वन, लगाएत एक दर्जन स्थानबाट बसमा लाने ब्यबस्था मिलाइएको युवा संयोजक पारस थापाले बताए सिड्नीदेखी हण्टर भ्लालीसम्म पुग्ने र फर्कने यात्रामा सहभागि प्रति अभिभावक २० डलर शुल्क तोकिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्