नेभिगेशन
नेपाल समाचार

ओलम्पीक पार्कमा नेपाल आइटलको भव्य कन्सर्ट

सिड्नी । बेलायतको वेम्वली होस वा अमेरीकाको म्याडिसन स्क्वायर । अस्ट्रेलियाका लागि ओलम्पिक पार्कपनि त्यस्तै एउटा महत्वको बिषयभित्रको आयोजना स्थल हो । यँंहा बलिउडका सलमान खान र प्रशिद्ध गायकहरुको कार्यक्रमले पनि चर्चा परिचर्चा पाउने गर्छ । शनिबार नेपालका प्रतिभाशाली युवा गायकहरुले ओलम्पिक पार्कमा नेपाली धुनका गित संगित पस्कीदैगर्दा नेपाल आइडल बुद्ध लामाको मान , निशान भट्टराइको शान र प्रताप दासको फ्यानको सिमै रहेन । शनिबार ओलीम्पक पार्कको इन्डोर हलमा २५ सय नेपाली दर्शक मध्यरातसम्म नेपाल आइडलको गानमा झुमे । फैलीदो नेपाली समाजको बदलिदो परिस्थीतीले पनि पहिलो पटक अस्ट्रेलियामा ओलीम्पक पार्कमा नेपाली गित संगितले प्रवेश पाएको थियो । ओलम्पिक पार्कको त्यो ऐतिहासिक महत्वको दिनमा नेपाल आइडलका निशान भट्टराइले उकाली ओराली गर्दै भन्दै मैदान छिरेपछि दर्शक दिर्घाले भब्य तालीले स्वागत गरेका थिए । नेपाल आइडल बुद्ध लामाको उ हारेर गइ या जितेर गइ र चकलेटी प्रतापको अलापी प्रस्तुतीले कार्यक्रमको सुरवातीपलनै भब्य बनेको थियो । पहिलो सत्रमा गायकीको मजा र दोस्रो सत्रमा लोक लय र डान्सीङ आइटमले दर्शकहरुले समयको पत्तो नै पाएनन । नेपीन्डोको लोभलाग्दो नृत्य र नेस्टको कलात्मक प्रस्तुतीले कार्यक्रमलाई थप रोचक बनाएको थियो । बुद्ध, निशान र प्रतापले सात ,सातवटा गीत प्रस्तुत गरे भने प्रमिला राइले तिन वटा गित गाइन । कार्यक्रम रातको १२ बजे सम्पन्न हुँंदासम्म दर्शकमा पनि कमी आएको थिएन । यो बास्तबमै नेपाल आइडलको लागि एतेहासिक क्षण पनि हो , कार्यक्रम प्रस्तोता तथा पत्रकार शुसील नेपालले सुनाए । अस्ट्रेलियाकोे इतिहासमा पहिलो हुनु मात्रै ठुलो बिषय भएन ओलम्पिक पार्कमा त्यो साउन्ड र म्युजिकमा नेपाली कलाकारले गायकी प्रस्तुत गर्नु महत्वपुर्ण उपलब्धी हो । नेपाली टच अस्ट्रेलियाको आयोजना तथा एभरेष्ट कम्युनिकेशनको प्रस्तुतीका रुपमा रहेको कार्यक्रम राइट एन्ड एशोसिएट्स र इसीएले प्रायोजनको भुमिका निर्वाह गरेका थिए ।प्रयोजक राइटका बालचन्द्र भट्टराइले यस्ता कार्यक्रम प्रयोजन गर्नु गौरवको बिषय भएको सुनाए । नेपालीले पनि ओलम्पिक पार्कमा कार्यक्रम पस्कन सक्छन भन्ने शन्देश दिन सफल भएको आयोजक नेपाली टचका राजकुमार गोश्वामी दंग छन । उनि भन्छन , घाटा नाफा भन्दा पनि अब नेपाली गित संगितले पनि अब ठुलो फड्को मारेको छ भन्ने शन्देश फैलाउनु थियो हामी सफल भयौ , गोश्वामीले सुनाए । पहिलो पटक सिडनीको ट्रेनहरुमा एक महीनासम्म प्रचार गरेको यो कार्यक्रम धेरै मानेमा सफल भएको आयोजक दिपेश पुन बताउछन । गायक निशान भट्टराइले पनि स्तरिय दर्शक र उत्कृष्ट हलमा कार्यक्रम गर्न पाउँंदा आफु दंग परेको बताए । आइडलको टोलीले यति ठुलो सम्मान पाउनु आफैमा गौरवको बिषय हो,यसका लागि अस्ट्रेलियामा बस्ने सम्पुर्ण नेपालीलाई धन्यबाद दिन चाहन्छु, निशानले सुनाए । कार्यक्रमको रोचक कुरा त के रहयो भने केहि युवतीहरुले प्रताप दाशलाई स्टेजमै गएर प्रेम प्रस्ताव समेत पोखे । संगितका पारखी युवतीहरुको फोटो शेसन युवा आइडलहरुको लागि निकै कठिन बनेको देखिन्थ्यो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्