नेभिगेशन
नेपाल समाचार

आज बुद्ध निशान र प्रतापले ओलीम्पक पार्कमा धुम मचाउने

सिड्नी / चर्चित रियालीटी शो नेपाल आइडलका विजेताहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास तथा प्रतिस्पर्धी प्रमिला राई र कार्यक्रम प्रस्तोता शुसिल नेपाल सिड्नी आइपुगेका छन् । प्रवासी नेपालीको चासोको विषय बनेको नेपाल आइडल शुक्रबार ओलम्पिक पार्कको स्पोर्टस् सेन्टरमा आयोजना हुँदैछ । अस्ट्रेलियाको सन्दर्भमा ओलिम्पक पार्कमा नेपाली कलाकारले सांगीतिक महोत्सवको आयोजना गरिएको यो पहिलो घटना हो। केही फरक दृष्टिकोणबाट पहिलो बनेको यो कार्यक्रम भनेको अस्ट्रेलियाकै निकै खर्चालु कार्यक्रमका रुपमा मानिएको छ। करिब ७० लाखको आयोजनास्थल र २० लाखको सिड्नी ट्रेनको विज्ञापनका कारण पनि नेपाल आइडल यतिखेर सिड्नीमा निकै चर्चाको विषय बनेको छ । सिड्नी विमानस्थलमा अस्ट्रेलियाका प्रतिष्ठित ब्यवसायी तथा एनआरएनका अभियन्ताले कलाकारलाई स्वागत गरेका थिए। एनआरएनका पूर्वअध्यक्ष गणेश केसी, पूर्वआइसीसी सदस्य बालचन्द्र भट्टराई, पूर्वउपाध्यक्ष दिनेश पोखरेल, प्रायोजक युवराज भट्टराई, एनआरएनका केन्द्रीय सदस्य पिआर अधिकारी तथा नेपाली टचका राजकुमार गोश्वामी र दिपेश पुनले फूलमाला र खादाले स्वागत गरेका थिए । आयोजक नेपाल टचले नेपाल आइडलको टोलीको सम्मानमा लिमोजिन गाडीबाट विमानस्थलबाट ओपेरा आउस डार्लिङ हार्वरहुँदै शहर परिक्रमा गराएको थियो। ‘हामीले सोचेकोभन्दा अपार माया पाएको छौ र शुक्रबारको कार्यक्रममा सिड्नीका नेपालीले पनि त्यतिकै साथ दिनुहुने कुरामा बिश्वस्त छौ,’ नेपाल आइडल बुद्ध लामाले विमानस्थलमा भने। यता रनर अप निशान भट्टराईले सोचेको र रोजेको भन्दा पनि भब्य र सब्य कार्यक्रम आयोजना हुन लागेकोमा खुसी प्रकट गरे। ‘नेपाली सांगीतिक आकाशमा ओलम्पिक पार्कमा कार्यक्रम गर्ने पहिलो टोलीका रुपमा चिनिन पाउनु हाम्रो गौरवका कुरा हो, हामी सिड्नीका दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्नेछौ’, भट्टराईले भने। आइडलकै फस्ट रनर अप प्रताप दास भने आयोजकको स्वागत र सत्कारले कलाकार हुनुमा गौरव लागेको बताउँदै सिड्नीका संगितप्रेमीलाई आफूहरूले निराश नबनाउने बाचा गरे। आयोजकका तर्फबाट राजकुमार गोश्वामीले सम्पूर्ण तयारी पुरा भएको र शुक्रबारको प्रतिक्षामा रहेको बताए। उनले दर्शकको माया र हौसला पाउने कुरामा आफू बिश्वस्त रहेको बताए। टिकटको लागि यो लिंकमा गएर किन्न सकिनेछ । https://events.ticketbooth.com.au/…/nepal-idol-live-in…/pyos
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्