नेभिगेशन
नेपाल समाचार

एनआरएनले महासंघसंग सहकार्य गर्ने

सिड्नी । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीहरूको क्षमता र प्रतिभालाई नेपालको सर्वाङ्गीण विकासमा उपयोग गर्नु अहिलेको आफ्नो प्रमुख उद्देस्य रहेको बताएका छन । विदेशमा रहेका नेपालीहरूको हितलाई संरक्षण गर्नुका साथै मुलुकको सर्वागिण बिकासमा सहयोग पुरयाउने अठोटका साथ सबैको साथ एकै हात भन्ने नारा बाकेर आफ्नो टिम अगाडि बढेको भट्टले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच भेटघाट कार्यक्रममा एनआरएनएका अध्यक्ष भट्टले सो कुरा बताएका हुन । नेपाल उद्योग वाणिज्य महासंघमा भएको भेटघाटमा भट्टले लामो समयसम्म महासंघले एनआरएनलाई माया गरेको बताउदै अब चाडैनै एनआरएन आफ््नै भवनमा जाने सुनाए । एनआरएनको सचिवालय नागपोखरीमा सर्न लागकेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई औपचारिका जानकारी गराउदै भट्टले महासंघका अध्यक्ष राणालाई हार्दिक धन्यवादको पत्रसहित टोकन अफ एप्रिसियसन प्रदान गरेका थिए । अध्यक्ष भट्टले आर्थिक समृद्धिका लागि दुवै संस्था मिलेर लगानीको क्षेत्रमा सहकार्य गर्ने बताउँदै लागानीका क्षेत्र पहिचान गर्न निकट भविष्यमा नै एक लगानी सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्ने जानकारी दिए । सन् २००३ देखि महासंघको भवनमा एनआरएनएको सचिवालय रहँदै अएको थियो। सन् २०१३ अक्टोवरमा नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट संघ विधिवत रुपमा दर्ता भएपछि बालुवाटारमा आफ्नो भवन निर्माण कार्य अगाडि बढ्न सकेको अध्यक्ष भट्टले जानकारी गराए । नेपाल उद्योग वाणिज्य महासंघको निस्वार्थ सहयोग र संरक्षकत्वले संघको विगत १४ वर्षको लामो यात्रालाई अविस्मरणीय योगदान पुर्याएको अध्यक्ष भट्टले बताए । महासंघका अध्यक्ष भवानी राणाले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न पाएकोमा संघप्रति आभार प्रकट गर्दे भविष्यमा यस सहकार्यलाई अझ दिगो पार्दै लैजाने बताइन । कार्यक्रममा नेपाली उद्योग वाणिज्य महासंघ र एनआरएनए अध्यक्ष लगायत महासंघका उपाध्यक्षद्वय उमेश लाल प्रधान र चन्द्र प्रसाद ढकाल, गैरआवासीय नेपाली संघका सचिव डि.बी क्षेत्री, महिला संयोजक रजनी प्रधान, युरोपका उपक्षेत्रीय संयोजक गोविन्द प्रसाद गौंतम, युकेका आइसिसि सदस्य शान्ति कुवँर थापा, शिशिर भट्ट, महासंघका महासचिव सुरेशमान श्रेष्ठको सहभागिता रहेको कुरा एनआरएनका प्रवक्ता भुषण घिमिरेले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्