नेभिगेशन
खेलकुद

ब्रिसबेनको गोर्खालाई जी फाइभ माछापुच्छ्रे कपको उपाधि

दिपेश श्रेष्ठ सिड्नी । जी फाइभ माछापुच्छे कप फुटबलको फाइनलमा ब्रिसबेनको गोर्खा क्लबले बाजी मारेको छ । फाइनलमा सिडनीको फेवा एफसीलाइ टाइब्रेकरमा हराउँंदै गोर्खाले पहिलो सहभािगतामै उपाधि ब्रिसबेन लान सफल भएको हो । निर्धाीरत समय र अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा फेवाका खेलाडीहरुको फीतलो पेनाल्टी प्रहारलाई गोर्खाका गोलरक्षकले निकै फुर्तिलो ढंगले बचाउ गरेपछि उपाधि ब्रिसबेनको पक्षमा गएको थियो । फाइनल खेल अपेक्षीत भने हुन सकेन । केहि राम्रा टोलीहरु सेमिफाइनलमै अभागी साबित हुँंदै बाहिरिएपछि फाइनल सोचेअनुरुप रोचक बन्न सकेन । मेलवर्नवाट आएको यति एफसीले क्वार्टरफाइनलमा केहि राम्रा मौका गुमाउँंदा माथि जाने अवसर गुमाएका थिए । असनल ओझा र सुलभ मास्केजस्ता राम्रा फरवार्डका सथ उत्रेको यती एफसीको रक्षापंक्ती र गोलरक्षकको कमजोरी हारको कारक बन्यो । तेस्रो स्थानमा चित्त बुझाएको सेन्ट जोर्ज सेमिफाइनलमा गोर्खासँंग हारेको थियो भने आयोजक माछापुच्छेलाई हराउदै फेवाले फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेलको पहिलो हाफ निराशाजनक रहयो । मैदानमो बिच भागमा रुमल्लीएको खेल दोस्रो हाफमा भने केहि गति लिएको थियो । दोस्रो हाफमा ब्रिसबेनको गार्खाले केहि राम्रा मौका प्राप्त गरेपनि गोल गर्न सकेन । प्रतिउत्तरमा फेवाको आक्रमण फीतलो देखियो । प्रतियोगिताका विजेता खेलाडीलाई अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा ,एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले पदक तथा प्रमाणपत्र बितरण गरे । प्रमुख अतिथी शेर्पाले अस्ट्रेलियामा पनि खेलकुदको माध्यमवाट नेपालीबिचको एकता र भाइचारा बढोत्तरी भएकोमा खुसी ब्यक्त गरिन । यता मेलवर्नवाट फुटबल हेर्न सिडनी आइपुगेका एनआरएनका अध्यक्ष टोनुले खेलकुदले आपसी एकता र भाइचारासँंगै मुलुकको नाम समेत अगाडि बढाउने काम गरेको बताए । कार्यक्रममा क्लबका अध्यक्ष बिजेन बटाजुले प्रायोजक जी फाइभ , सहयोगी र अतिथीहरुलाई क्लबको मायाको चिनो प्रदान गरेका थिए । प्रायोजक जी फाइभकोतर्फवाट राम श्रेष्ठ, राजमान थकाली र क्रृतु केसीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । सम्माप्रतियोगिताको प्रथम स्थान हात पार्ने गोर्खाले नगद तिन हजार डलर सहित ट्रफी हात पारेको छ भने दोस्रो हुने फेवाले एक हजार र तेस्रो हुने सेन्ट जोर्जले पाँंंच सय नगद प्राप्त गरेको छ । यस्तै भेट्रानतर्फको खेलमा आयोजक माछापुच्छेले लगातार दोस्रो बर्षपनि उपाधि हात पारेको छ ।फाइनलमा उसले सेन्ट जोर्ज फ्रेन्ड्स फुटबल क्लबलाई हराएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।