नेभिगेशन
LEADING_MAIN

अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

सिड्नीको अबनमा बस्दै आएका नेपाली बिद्यार्थी अञ्जन कुमार भट्टराईको मृत्यु भएको छ । उदयपुरका स्थायी बासिन्दा अञ्जन कुमार भट्टराईको सिड्नीस्थित आफ्नै डेरामा मृत्यु भएको हो । उनको मृत्युको कारण खुलेको छैन् । चिकित्सकका अनुसार ब्रेन ह्यामरेजका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् । कामबाट फर्किएका साथीहरुले उनलाई उनको कोठामा अचेत अवस्थामा फेला पारेपछि प्रहरी र एम्बुलेन्सलाई खबर गरेका थिए । आइतबार साँझ आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको भएपनि चिकित्सकहरुले सोमबार बिहान मृत घोषित गरेका थिए । छ । आइतबार साँझ साथीभाईसँग भेटघाट पछि उनी अबनमा आफ्नै डेरामा बसेका थिए । भट्टराई सेन्ट्रल क्युन्सल्याण्ड युनिभर्सिटीमा एकाउन्टिङमा मास्टर्स डिग्री अध्ययनरत थिए ।उनको परिवारमा बुवा, आमा र एक भाई छन् । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु घोथानेले नेपाली समुदायमा दुखद घट्ना घटेकोमा दुख प्रकट गरेका छन् । उनले मृतका परिवारलाई सहानुभूति दिदै एनआरएनएले कल्याणकारी कोषबाट दुई हजार अस्ट्रेलियन डलर उपलब्ध गराउने तथा शब नेपाल लैजान आवश्यक थप रकम र कानुनी प्रक्रियामा सक्दो पहल गर्ने बताए । घटनापछि अन्जनको परिवारले शव नेपाल भित्रयाउन सहयोग गर्न समेत आग्रह गरेको छ । सहयोगको लागि अन्जनको दिदी माल्भिका बस्नेतको कमनवेल्थ बैकमा रहेको एसबीएस ०६२१०५ खाता नबर १०५०४९८४ मा सोझै रकम जम्मा गरिदिनुहुन पनि आग्रह गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।