नेभिगेशन
नेपाल समाचार

एनआरएनए ग्लोबल सम्मेलन सुरु

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा अक्टोबर १४ तारिखदेखि सुरु भएको छ । बौद्धस्थित होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्। काठमांडूको बौद्ध स्थित होटल ह्यातमा अक्टोबर १७ सम्म जारि रहने उक्त सम्मेलनले २०१७-२०१९ को लागि नया कार्यसमितिको चयन गर्ने छ । बिश्व भरि चरिएर रहेका नेपालीहरुलाई एकै छाता संगठनमा आबद्धता गराएर प्रबासमा उनीहरुले भोग्नुपरेका समस्याहरुलाई सम्बोधन गर्ने तथा जन्मभूमिको आर्थिक तथा सामाजिक बिकासको लागि आर्थिक तथा भौतिक सहयोग जुटाउने पबित्र उदेश्यका साथ सन् २००३ मा स्थापना गरिएको यो सस्था यहा सम्म आइपुग्दा विभिन्न कठिनाइ भोगेको छ । सस्थाको लक्ष्य र उदेश्य प्राप्तिको लागि यसको नेत्रित्तो तहले के कति कम गर्यो या गरेन त्यो छुट्टै बहसको बिषय हुन सक्छ । आठौ सम्मेलन सम्म आइपुग्दा यसले संसार भर छरिएर रहेका गैर आवासिय नेपालीहरुबीच नेत्रित्तोको विकास राम्रै संग गरेको अनुभव गर्न सकिन्छ । सन् २०१३ मा सम्पन्न पाचौ बिश्व सम्मलेनबाट अध्यक्ष बनेका अस्ट्रेलिया का शेष घलेले आफ्नो दुई कार्यकाल पुरा गरि सस्थाको नेत्रित्तो हस्तान्तरण गर्दै छन् । एन आर एन ए को नेत्रित्व घलेले सम्हालेपछि देशमा गएको भुकम्प ,मित्र रास्ट्र भारतले गरेको अघोषित नाकाबन्धी तथा हालै गएको बाढी पैह्रो मा यो सस्थाले पुर्याएको योगदान प्रसंसनिय रहेको छ ।आगामी दिन मा सस्था कसरि र कुन रुपले अगाडी बढ्ने हो त्यो नयाँ नेत्रित्तोको काम गर्ने शैलीमा भर पर्दछ । सस्थाको आगामी नेत्रित्तोको लागि अस्ट्रेलिया कि जमुना गुरुङ ,जापानका भवन भट्ट र मध्यपुर्बका टी बी कार्कीले चाहना राखेर चुनावी मैदानमा ओर्लिएका छन् ।बिषेस गरेर अध्यक्ष पदमा गुरुङ र भट्ट बिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्यसै गरि बर्तमान उपाद्क्ष्य कुमार पन्त ले अग्रजलाई सम्मान नया पुस्तालाई प्रोत्साहन नाराका साथ उपाद्क्ष्य पदमा फेरी उम्मेदवारी दिएका छन् । भबन भट्ट र कुमार पन्त नातामा नजिकका आफन्त मात्रै होइनन उनीहरु एउतै जिल्ला गोर्खा निवासी हुन् । यसपटक पन्तले भट्ट लाइ सहयोग गर्ने र अर्को पटक भट्टले पन्तलाई सहयोग गर्ने गरि अध्यक्षको दौड बाट पन्त पछि हटेका हुन् । यसै गरि यो समाचार तयार पर्दासम्म उपाध्यक्ष्मा युरोप संयोजक कुल आचार्य ,अमेरिका छेत्रिय संयोजक सोनाम लामा , अमेरिकाकै खगेन्द्र जी सी ,जापानका चिरन्जीवी थापा र कतारका नरेन्द्र भाटले समेत उम्मेदवारी दिने चर्चा छ । एक महिला उपाद्क्ष्यको लागि वर्तमान प्रबक्त्ता रन्जु थापा र महिला संयोजक सपिला राजभण्डारीले उम्मेदवारी दिने भएका छन् । त्यसै गरि महासचिब पदका लागि वर्तमान महासचिब बद्रि के सी र कोशाद्क्ष्यमा हिक्मत थापाले उम्मेदवारी दिने भएका छन् । सचिबमा अस्ट्रेलिया बाटै तीन जना NRNA Australia 2017 आठौ सम्मेलन मा नया नेत्रित्तोको लागि अस्ट्रेलिया बाटै तीन जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । गत अधिबेसनमा झिनो मतले हार व्यहोरेका गणेश के सीले यसपटक पनि सचिब पदमै उम्मेदवारी दिने भएका छन्। त्यसै गरि मेल्बोउर्नका ऋषि कंडेल ले पनि आफुलाई सचिब पदको दाबेदारको रुपमा प्रस्तुत गरेका छन् भने ओसेनिया संयोजक महेन्द्र लम्सालले पनि आफुलाई उक्त पदमा उम्मेदवारको रुपमा अगाडी सरेका छन् । त्यसै गरि बेलायतका बिस्वास दिप तिगेलाले पनि सचिब पदमा आफुलाई उभ्याएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्