नेभिगेशन
नेपाल समाचार

जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएए) का अन्तराष्र्टि«य समन्वय परिषद अध्यक्ष पदमा वर्तमान आइसीसी सदस्य जुमना गुरुङले २०१७–२०१९ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौं स्थित ¥याडिसन होटलमा अक्टोबर १२ तारिखका दिन पत्रकार सम्मेलनको आयोजना गर्दै गुरुङले आफ्नो उम्मेदवार घोषणा गरेकी हुन् । उक्त पत्रकार सम्मेलनमा गुरुङले आफ्नो उम्मेदवारी किन शीर्षकमा ११ बुँदै कारण पढेर सुनाएकी थिइन् । वर्तमान अध्यक्ष शेष घलेले अघि सारेको भिजन २०२० एन्ड बियोन्डको प्रस्तावलाई अघि बढाउन, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमाभित्र कार्यान्वयन गर्न पनि आफू उम्मेदवार हुनु परेको उनले बताइन् । साथै गैर आवासीय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै सामुहिक नेतृत्वको अवधारणा अन्तर्गत सक्षम नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहको उनले प्रष्टयाइन् । गुरुङले अगाडि भनिन्– प्रत्येक देशका एनआरएनएलाई आर्थिक कुटनीतिको भूमिका निर्वाह गर्न र नेपाललाई सम्वृद्धिको बाटोमा इँटा थप्ने काममा प्रोत्साह गर्न आफ्नो उम्मेदवारीले थप बल प्रदान गर्दछ । अष्ट्रेलियाकी सफल नेपाली महिला उद्यमी उनी वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् । शेष घलेले दोस्रो कार्यकालमा विजय भएपछि उनलाई आइसीसी सदस्यमा मनोनित गरेका थिए । अध्यक्ष पदका लागि यसअघि नै जापानमा व्यवसायमा जमेका सफल नेपाली व्यवसायी भवन भट्टले उम्मेदवारी घोषणा गरिसकेका छन् । भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन् । जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्