नेभिगेशन
खेलकुद

युनाइटेड एफसीलाई एम्बसेडर कप

सिड्नी । डाँंफे फुटबल क्लबको आयोजनामा सन्चालित एस अस्ट्रेलिया डाँंफे एम्बसडेर कप फुटबल प्रतियोगिताको उपाधि मेलवर्नको युनाइटेड फुटबल क्लब (युएफसी) क्लबले जितेको छ । अस्ट्रेलियामा सर्वाीधक धनराशीको प्रतियोगिताका रुपमा रहेको एमबसेडर कपको फाइनलमा आयोजक डाँंफे एफसीलाई २(०ले हराउदै युएफसीले उपाधि हात पारेको हो । करिब दश घन्टाको लामो यात्रापछि मेलवर्नवाट सिडनी आइपुगेको युएफसीले दुइ दिने प्रतियोगितामा आफ्नो बलियो शाख जमाउँंदै उपाधि माथि कब्जा गरेको हो । सर्वाधिक धनराशीको पुरस्कार रहेको यस प्रतियोगिताको विजेताले पाँंच हजार डलर ट्रफी तथा पदक हात पारेको छ । फाइनलमा युनाइटेडकोतफएवाट निरोज पाण्डेले पहिलो गोल गरेका थिए भने साजन थापामगरले दोस्रो गोल गरेका थिए । साजननै फाइनलका म्यान अफ दी म्याच समेत घोषित भए । उनले तिन सय डलर समेत हात पारे । सेभेन ए साइडको लागि केहि ठुलो मािनएको एलभेन ए साइडको मैदानमा सम्पन्न फाइनल खेलमा युनाइटेडले आयोजक डाँंफे माथी एकोहोरो दबाब सृजना गरेको थियो । उनिहरुले गोल गर्ने करिब आधा दर्जन राम्रा मौका समेत चुकाएका थिए । डाँंफेका गोलरक्षक समिर खानले केहि उत्कृष्ट बचाव गरेपछि गोल अन्तर कम भएको थियो । सुरज श्रेष्ठ,एकजन तुलाधर लगायतका खेलाडीको खेल हेर्न लायक देखिन्थ्यो । प्रतियोगिताको अन्य उपाधिहरुमा डाँंफेका अंकित रानामगरले प्रतियोगिताको उत्कृष्ट खेलाडी ,समिर खानले उत्कृष्ट गोलरक्षक र बेनी एफसीका बिकास गौचनले सर्वाधिक गोलकर्ताको उपाधि हात पारे । सबैलाई नगद पुरस्कार र ट्रफीवाट सम्मानित गरिएको थियो । प्रतियोगितामा दोस्रो स्थान हात पारेको डाँंफे ब्लुले भने दुइ हजार डलर हात पारयो । विजेताहरुलाई प्रायोजकका तर्फवाट एस अस्ट्रेलियाका निर्देशकद्धय अभिषेक प्रधान , दिपक अग्रवाल, इनोभेटिभका डीला खरेलले लगायतले ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए । आयोजक क्लबका तेजमान तामाङले आगामी बर्षहरुमा अझ थप आकर्षक रुपमा प्रतियोगितालाई निरन्तरता दिने बताए ।उनले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सबै सहयोगी,प्रायोजकहरुलाई धन्यबाद दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।