नेभिगेशन
कला/शैली

नेपाल आइडलका बुद्ध, निशान र प्रताप दास नोभेम्बरमा अस्ट्रेलिया आउने

सिड्नी । कतारमा नेपाल आइडलको अन्तिम नतिजा सार्वजनिक हुदैगर्दा अस्ट्रेलियाले पनि त्यसको तातोले छोएको छ । नेपालको सवाृीधक लोकप्रीय रियालीटी शो नेपालआइडलका प्रमुख तिन प्रतिस्पर्धीहरु अस्ट्रेलीया भ्रमणमा आउने भएका छन । यस कार्यक्रममा नेपाल आइडल बुद्ध लामा रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाशलाइ नेपाली टच अस्ट्रेलियाले यँंहा ल्याउन लागेको हो । एभरेष्ट कम्युनिकेशन मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम नोभेम्बरको तेस्रो साता हुने छ । नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण यही आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ । नेपाल आइडल अस्ट्रेलिया टुरको तयारी प्रारम्भ भैसकेको नेपाली टच अस्ट्रेलियाका राजकुमार गास्वामीले बताए । कार्यक्रम सन २००० मा ओलीम्पक खेल भएको सिडनीको ओलम्पीक पार्क, लुना पार्क तथा आइसीसी सिडनीमध्ये एक रहने कार्यक्रमका संयोजक गोस्वामीले जानकारी गराए । हामीले पहिलो प्राथमिकतामा ओलम्पिक पार्कलाई राखेका छौ,त्यो भएन भने मात्र अन्य स्थानमा जानेछौ । नेपाली गित संगितको आकाशमा प्रतिभाहरुको पहिचान गर्ने चर्चित रियालीटी शोको बिजेताहरुको कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न नेपाली टचका दिपेश पुनको संयोजकत्वमा मुल तयारी समीती गठन गरिएको छ । यस्तै नेपाल आइडलका प्रमुख तिन विजेताहरुको सिडनी ,ब्रिसबेन र मेलवर्न, एडिलेड,तास्मानिया,पर्थ ,डार्बिन र क्यानबेरामा समेत कार्यक्रम आयोजना हुने छ । कार्यक्रममा प्रस्तोता तथा ब्यबस्थापक शुशिल नेपालसमेत अस्ट्रेलिया आउनेछन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्