नेभिगेशन
नेपाल समाचार

सिड्नीमा हिन्दुहरुको विरोध जुलुस मासुको बिज्ञापनमा भगवान गणेश

सिड्नी । मासु तथा लाइभस्टक अस्ट्रेलियाले आफ्नो टेलिभिजन बिज्ञापनमा भगवान गणेशलाई फील्माएपछि यहाँं रहेका हिन्दु काउन्सिल अफ अस्ट्रेलियाले सिडनीको पारामाटामा विरोध जुलुसको आयोजना गरेको छ । हिन्दुहरुका देवता भगवान गणेशलाई भेडाको मासुको बिज्ञापनमा राखिएकोमा अस्ट्रेलिया सरकार समक्ष विरोधपत्र दर्ता गर्दा पनि सुनुवाइ नभएपछि हिन्दु धर्मालम्बीहरु सडकमै उत्रिएका हुन । यस्र्तै अस्ट्रेलियामा रहेका बिभिन्न हिन्दु समाजका प्रतिनिधीहरु समेत यसको विरोधमा उत्रिएका छन । हिन्दु समाजको धार्मीक सहिष्णुतामा आघात पुगेको समेत बताउदै काउन्सिलले आज पारामाटाको एल्फ्रेड पार्कवाट ब्यानर र प्लेकार्ड सहितको जुलुसले चर्च स्ट्रीट र भिक्टोरिया स्ट्रीटको परिक्रमा गरेको थियो । सिडनी स्थीत भारतिय दुतावासले समेत मासु तथा लाइभस्टक अस्ट्रेलियालाई पत्राचार गर्दै तुरुन्त यो बिज्ञापन हटाउन समेत अनुरोध गरेको छ । अस्ट्रेलियाको सरकारी निकायका रुपमा लाइभस्टक अस्ट्रेलियाले फील्माएको मासुको बिज्ञापनमा जिसस जिसस,जुइस,बुद्ध भगवान र गणेश जस्ता देवताहरुलाई टेबलमा राखेर वाइनका साथ भेडाको मासुको प्रचार गरेको छ । बिज्ञापनमा गणेश भगवानसँंगै बुद्ध भगवानको पनि चरितार्थ गरिएको छ तर बुद्धका अहिंसाबादी अनुयाइ र जन्मथलो नेपाली समाजले पनि यसको विरोधमा आवाज उठाउनु जरुरी छ , विरोधमा सहभागि नेपाली युवा ब्यवशायी बिनोद पौडेलले बताए । भगवान बुद्ध र गणेश दुबै साकाहारी भएको र उनिहरुको अगाडि मासु र वाइनको थाली राखेर टेबलमा बिज्ञापन गरेको पटक्कै सुहाँंउदैन ,लाइभस्टक अस्ट्रेलियाले यो बिज्ञापन तुरुन्त रोक्नुपर्छ भन्ने हाम्रो माग हो पौडेलले सेतोपाटीलाई बताए । कार्यक्रममा नेपाली समाजको प्रतिनिधित्वगर्दै पौडेलले अस्ट्रेलियाको बहुसांस्ृकतीक समाजमा एक अर्कालाई सम्मान गर्ने परम्पराले सुनमा सुगन्ध हुने बताए । बिज्ञापनले धार्मीक आस्थामा चोट पुरयाउने काम नगरेको तर खाली सबै धर्म र जात जाती बिचको एकताको शन्देश दिने खालको बनाइएको बिज्ञापनकर्ताको भनाइ रहदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्