नेभिगेशन
नेपाल समाचार

एक्सपर्टको सर्घष र सफलताका कथाहरु

सिड्नी । अस्ट्रेलियामा विगत लामो समयदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले व्यवसाय स्थापनाको १२औं वर्ष पुगेको अवसरमा सिड्नीमा एक कार्यक्रमको आयोजना गरेको छ । सेप्टेम्बर १६ तारिख शनिवार सेराटन अन दि पार्क होटलमा सम्पन्न कार्यक्रममा एक्सपर्टले आफ्नो सघर्ष र सफलताका कथाहरु सुनायो । अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि अस्ट्रेलियालाई मुख्य आधार मानेर व्यवसाय गर्दै आएको एक्सपर्ट हाल एउटा एउटा महत्वपूर्ण सेवामूलक संस्था बनिसकेको छ । कार्यक्रममा एक्सपर्टले नेपाल र अस्टे«ेलियाका अधिकांश शहरहरुमा आफ्नो शाखा संचालनमा ल्याएर सेवा प्रदान गर्दै आएको छ । भारत र बंगलादेशमा समेत सेवा विस्तार गरिसकेको एक्सपर्टले भावि दिनहरुमा चीन, भियतनाम लगायतका अन्य देशहरुमा समेत आफ्नो शाखाहरु खोल्ने जानकारी उक्त कार्यक्रममा गराइएको थियो । सो अवसरमा अस्ट्रेलियाको सिड्नीमा आफ्नै स्वामित्वमा मुख्य कार्यालय रहेको एक्सपर्टको सफलताका वारेमा एक वृतचित्र समेत प्रर्दशन गरिएको थियो । शुरुका सघर्षका दिनहरु सम्झदैं एक्सपर्टका डाइरेक्टर बद्री अर्यालले भावुक हुंदै भने– तपाईहरुको साथ र मायाले १२ वर्ष वितेको पत्तै भएन् । सुरुमा डाइरेक्टरद्वय संजीव शर्मा र बद्री अर्यालबाट सिड्नी स्थित सानो कार्यालयबाट सेवाप्रदान गर्दै आएको एक्सपर्टमा हाल करिब ४ सय कर्मचारीहरु कार्यरत छन् । आफ्नो सफलता कथा सुनाउँदै निर्देशक अर्यालले एक्सपर्टलाई यस स्थानमा पु¥याउन सहयोग गर्ने सबै विद्यार्थी, कलेजका एजेन्ट, शुभचिन्तक, साथीभाईहरुलाई धन्यवाद दिए । Screen Shot 2017-09-19 at 9.11.17 am अस्ट्रेलियन शैक्षिक प्रतिष्ठानका प्रतिनिधी, एक्सपर्टका ग्राजुएट विद्यार्थी र सामाजिक अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा अन्तराष्ट्रिय विद्यार्थीहरूको साझा संगठन काउन्सिल अफ इण्टरनेशनल स्टुडेण्ट अस्ट्रेलिया (सीसा)का नवनिवार्चित अध्यक्ष विजय सापकोटाले समेत अन्र्तराष्ट्रिय विद्यार्थीहरुका वारेमा बोलेका थिए । अर्का निर्देशक संजीव शर्माले एक्सपर्टले आफ्नो शैक्षिक परामर्शको सेवासँर्गै आफ्नो दायित्वलाई आत्मसाथ गर्दै एक्सपर्ट फाउण्डेशनको स्थापना गरेको खुलसा गरे । उनले भने– फाउण्डेसनले भूकम्पका वेला आर्थिक सहयोग गर्नुका साथै भूकम्पका कारण भत्किएको सिन्धुपाल्चोकको एक विद्यालयको निर्माण समेत सम्पन्न गरिसकेको छ । यस फाउण्डेसनले नेपालमा विभिन्न कल्याणकारी आयोजना सम्पन्न गर्नुका साथै हाइड्रोमा समेत हात अगाडि बढाएको कार्यक्रममा जानकारी दिइयो ।Screen Shot 2017-09-19 at 9.09.51 am नेपालका ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीको समेत उपस्थिति रहेको कार्यक्रममा न्यू साउथवेल्सका महावाणिज्य दूत दिपक खड्का र भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनको समेत उपस्थिति रहेको थियो । मन्त्री शाहीले नेपाली समाजले प्रवासमा समेत गरेको उन्नती र प्रगती सबैका लागि गौरवको कुरा रहेको बताउँदै विदेशमा सिकेका सीप र ज्ञानहरु स्वदेशमा लैजान आग्रह गरे । कार्यक्रममा न्यू साउथवेल्सका महावाणिज्य दूत दिपक खड्का र भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले एक्सपर्ट ग्रुपको सफलताका बारेमा खुसी व्यक्त गर्दै अझ प्रगतिको शुभकामना दिएका थिए । एक्सपर्ट ग्रुपले शैक्षिक परामर्श सेवा, होम लोन, एक्सपर्ट टेलीच्वाइस लगायतका अन्य सेवाहरु प्रदान गर्दै आएको छ । अस्ट्रेलियन आदिवासीको परम्परागत धुनबाट प्रारम्भ भएको कार्यक्रम ब्राजिलीयन साम्बा हुँदै नेपाली चौबन्दी चोलो र साल्सामा पुगेर सम्पन्न भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्