नेभिगेशन
खेलकुद

नेप्लीज रिक्रियसनल क्लबको अवार्ड वितरण सम्पन्न (फोटो फिचर सहित)

दिपेश श्रेष्ठ सिड्नी । नेप्लीज रिक्रियसनल क्लबले आयोजना गरेको एनआरसी मल्टीकल्चरल स्पोट्र्स टुनामेन्ट २०१७ मा विजयी खेलाडीहरुलाई सिड्नीमा एक अवार्ड नाइटको आयोजना गरी पुरस्कार वितरण सम्पन्न गरेको छ । सेप्टेम्बर १० तारिख आइतवार अबनस्थित ग्य्राण्ड प्यालेसमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले विजयी खेलाडी तथा स्पोन्सरहरुलाई पुरस्कार तथा ट्रफी प्रदान गरिन् । कार्यक्रममा राजदूत शेर्पाले प्रवासमा रहेका नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एकताको सुत्रमा बाध्न एनआरसी सफल भएकोमा धन्यवाद दिइन् । व्यस्त जीवनमा खेल अनिवार्य जस्तै भएको बताउँदै राजदूत शेर्पाले मानिसलाई स्वाथ्य बनाउने माध्यम समेत भएकाले सबैलाई यतातर्फ आर्कषित हुन प्ररित गरिन् । साथै आगामी दिनमा दूतावासले खेलकुदका क्षेत्रमा एनआरसीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइन् । क्लबका अध्यक्ष बिष्णु हमालले प्रवासमा छरिएर रहेका नेपालीहरु तराई हिमाल तराई पहाड जहाँबाट आएपनि पहिला नेपाली रहेको बताए । राजनीति भन्दा टाढा रहेर सबै नेपालीहरुलाई एकता हुनुपर्नेमा जोड दिए । उनले भने– प्रवासमा बसेर नेपालका नेताहरुलाई गाली गर्दैमा देश बिकास हुदैंन । हमालले खेलकुदको माध्यमबाट हातेमालो गर्दै एनआरसी भविष्यमा अगाडि बढ्ने बताए । क्लबलाई सबै राज्यका साथीहरुले माया गर्नु भएकोमा धन्यवाद दिदैं अगामी दिनमा अझ बृहत रुपमा विभिन्न स्टेटहरुमा क्लबले आफ्नो गतिविधिहरु बढाउने बताए । कार्यक्रममा क्लबले नेपालमा हालै गएको बाढी पहिरो पिडितहरुका लागि एक हजार ६ सय २५ अस्ट्रेलियन डलर एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ तथा सचिव देव गुरुङलाई हस्तान्तरण गरेको थियो । कार्यक्रममा पूर्व अध्यक्ष तथा एनआरसीका सल्लाहकार जबिन श्रेष्ठले अगामी दिनमा एनआरसीका खेल गतिविधीहरुको वारेमा जानकारी गराए । अवार्ड कार्यक्रममा नेपाली नृत्यका साथै गीतसंगीतले थप रोचक बनाएको थियो । कार्यक्रममा कोमल खतिवडा, अशोक रावत, प्रताप श्रेष्ठले आ–आफ्ना सांगितिक कोशेलीहरु पस्केका थिए । भने उषा वाँरिया, मेलिका कार्की, दिपा भट्टराई, सारा पाण्डे लगायतले आ–आफ्नो कुशल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली समुदायका अग्रज, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतियोगितमा व्याडमिन्टन डबल ओभर ४५ तर्फ शम्शेर सिंह थापा र संञ्जय श्रेष्ठ, ओभर ४५ सिंगल तर्फ विष्णु हमाल र सुवर्ण शर्मा, मिक्स डबल तर्फ अन्जना सिंह श्रेष्ठ र हिमाल कुवँर, ओपन डबल तर्फ सन्दिप खनाल, निश्चल खत्री, ओपन सिंगल तर्फ हिमाल कुवँर विजयी भएका थिए । त्यस्तै टेबल टेनिस तर्फ मेन्स सिंगल अण्डर ४५ मा निहल श्रेष्ठ, मेन्स सिंगल ओभर ४५ मा कुलदिप प्रधान, मेन्स डबल तर्फ निहल श्रेष्ठ र दिपेश नेपाल विजयी बने । टेनिस तर्फको खेलमा ओभर ४० सिंगल तर्फ विष्णु हमाल, अण्डर ४० मा मृग्रेस तामाङ, ओपन डबल तर्फ विष्णु लिम्बु र सचिन श्रेष्ठ, ओपन विगिनर्समा सोभित खनाल तथा गल्फ तर्फ ज्ञानदाता पोखरेल विजयी भएका थिए । ओसिनिया एजुकेसन सोलुसन्स् टाइटल स्पोन्सर रहेकोे उक्त प्रतियोगिता १६ जुलाईमा ब्याडमिन्टन, २२ जुलाईमा टेबलटेनिस २९ जुलाईमा टेनिस र ३० जुलाईमा गल्फ सम्पन्न भएको थियो । 21557656_1791723444190065_2178392102415423500_n 21557892_1791721294190280_5732360747301347609_n 21616133_1791726937523049_3240998665711792596_n 21558604_1791723810856695_2573167973817892395_n 21616193_1791722794190130_4967156982011097749_n 21616397_1791726814189728_6416438090734112059_n 21617940_1791725810856495_6563103194331100648_n 21687776_1791724007523342_4696714840289861700_n 21587179_1791785994183810_1926374934918271725_o 21617960_1791722350856841_7734452436599277012_n 21616029_1791726617523081_1853713890590229545_n21557473_1791722480856828_8173427266094045672_n21687730_1791721190856957_3234628836740055061_n21686113_1791721570856919_5305690171017900644_n
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।