नेभिगेशन
नेपाल समाचार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्ट्रेलिया आउँदै

सिड्नी । नेपालका सम्मानीय पूर्व प्रधानमन्त्री तथा नयाँशक्ती नेपालका संयोजक डा. बाबुराम भट्टराई सेप्टेम्बर २१,२२,२३ मा अस्ट्रेलिया भ्रमणमा आउने भएका छन् । अन्र्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको निमन्त्रणमा भट्टराई अस्ट्रेलिया आउन लागेका हुन् । समाजका अध्यक्ष सुबान चौलागाईका अनुसार अष्ट्रेलिया भ्रमणका क्रममा २२ तारिक युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको एक कार्यक्रममा “दक्षिण एसियाको राजनैतिक अर्थशास्त्र” बिषयमा आफ्नो मन्तब्य दिनुका साथै युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरुसँग अन्र्तक्रिया र यूटिएस भवनको भूकम्प प्रतिरोधात्मक मोडलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै अष्ट्रेलियाका राजनैतिक पार्टीका नेताहरुसँग राजनैतिक बिषयमा छलफल हुने कार्यक्रम रहेको छ । त्यस्तै २३ तारिक शनिवार साँझ ६ बजे बाट रक्डेलस्थित एभरेष्ट फंङसन सेन्टरमा नेपाली समुदायसँग अहिलेको सम–सामयिक राजनैतिक बिषयमा अन्र्तक्रिया कार्यक्रम रहेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा प्रोफेसर एन्थोनी जवी हेल्थ राइट एण्ड डेभलप्मेन्ट अतिथि वक्ताको रुपमा सहभागी हुनेछन् । अन्र्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा उपस्थित भई नयाँ शक्ति पार्टी नेपालको धारणा नजिक बाट सुन्न र बुझ्न आफ्नो सहभागिता जनाइदिनु हुन समेत हार्दिक अपिल गरेको छ । थप जानकारीका लागि सुवान – 0434 120 362, शिब – 0414 479 155, तिर्थ- 0423 612 423 लाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्