नेभिगेशन
कला/शैली

दुबईबाट तयार भयो खुशीको 'बदनाम... ' भिडियो

केही समय यता आएर प्रबासबाट म्यूजिक भिडियो निर्माणामा तिब्रता आउन थालेको छ । यसै क्रममा लामो समय देखी दुबईमा बस्दै आएका सर्जकहरूको समूहहरू आबद्द गीतहरूको भिडियो तयार भएको छ । दुबईमा नै तयार भएको यो भिडियोमा निलम खड्का र कुशल बुचको अभिनय रहेको छ । यी दुई प्रतिको अभिनयलाई मन पराईएको छ । भिडियोमा रोहित बिक्रम कार्कीको निर्देशन र छायांकन रहेको छ । भिडियो सुरेश राउतले सम्पादन गरेका छन भने रेखा घिमिरेको यो खुशी एल्बमको 'बदनाम ...' बोलको गीत अहिले चर्चामा छ । प्रबासमा रहेर पनि नेपाली गीत संगीत र भिडियो तर्फको प्रबासी नेपालीहरूको यस्तो सक्रियताको खुलेर प्रशंसा गर्नु पर्दछ । भिडियो हेर्नुहोस्
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्