नेभिगेशन
नेपाल समाचार

काउन्सिलरको पदमा श्री नापितको उम्मेदवारी

सिड्नी । विगत २० वर्षदेखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका नेपाली समुदायका अग्रज श्री नापित अस्ट्रेलियाको स्थानिय राजनीतिको चुनावी मैदानमा उत्रिएका छन् । यहि आउँदो सेप्टेम्बर ९ मा आइतवार हुने काउन्सिलरको निर्वाचनमा नापितले विलोवी काउन्सिलको नोरेम्वर्नबाट काउन्सिलरको पदमा आफ्नो उम्मेदवारी दिएका हुन् । नेपालीहरुको न्युन उपस्थिति रहेको यो क्षेत्रमा नापित स्वतन्त्र उम्मेवारको रूपमा चुनावी दौडमा आएका हुन् । तल्लो निकायका निर्वाचनमा पार्टी भन्दा ब्यक्तिको प्रभाव र ब्यक्तित्वले निर्वाचन जितिने हुनाले पनि उनी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका हुन् । नापितले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन् । 21125765_10212240260154813_143873650301713489_o नेपाली समुदायमा अगुवाका रूपमा परिचित नापीतले एनआरएन तथा अन्य नेपाली संघ संस्थामा समेत नेतृत्व गरिसकेका छन् । अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा काउन्सिलमा निर्वाचनमा सहभागि हुने नापित सम्भवतः पहिलो नेपाली मुलका अस्ट्रेलियन नागरिक हुन् । करिब १८ हजार जनसंख्या रहेको नोरेम्बर्न वडामा करिब ११ हजार मतदाता रहेका छन् । उनी भन्छन्– “हामी प्रवासमा रहेर नेपाली समुदायको सानो घेरामा मात्र सीमित हुने होइन । स्थानिय राजनीति पनि घुलमिल हुनु आवश्यक छ ।” दोस्रो पुस्तालाई यहाँको स्थानीय समुदायमा घुलमिल गराउन आफ्नो उम्मेदवारीले थप टेवा पु¥याउने विश्वास नापितले लिएका छन् । उक्त क्षेत्रमा गोराहरुको बाक्लो बस्ती भएता पनि आफुले स्थानीय तहमा गरेका कामका आधारमा भोटरहरुले आफुलाई भोट दिने कुरामा उनी विश्वस्त छन् । 20819156_10212127646819550_5275255283640286129_o सन् २०१३ देखि नापित क्यान्सर काउन्सिल न्यू साउथ वेल्सको प्रबक्ता बनेर नेपाली समुदायमा क्यान्सर सम्बन्धि जनचेतना जगाउने अभियानमा लागी परेका छन् । नर्थ सिड्नी ब्याइज हाइस्कूलको “प्यारेन्स एण्ड सिटिजन एसोसियसन” (पि एण्ड सी) को कार्यकारिणी सचिव रहेका नापित नर्दन सवअर्ब डिस्ट्रीक काउन्सिलका कार्यकारी सदस्य पनि हुन् । सन् २००० लिबरल पार्टी अफ अस्ट्रेलियाको सदस्यता लिएका नापितले सन् २०१४ मा “लिबरल फ्रेण्डस अफ नेपाल” खोलेर उनी संस्थापक चेयर म्यान बन्न सफल भएका छन् । नापित सिड्नीको उत्तरी भेगमा श्रीमती प्रतिक्षा पाण्डे र दुई छोरा श्रवण र प्रतिकसँग बसोबास गर्दै आएका छन् । भोटका लागि नापितले नेपाली लगायत सबै समुदायलाई समेत अपिल गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्