नेभिगेशन
खेलकुद

सर्बाधिक धनराशीको एस स्टीज डाँफे एम्बेसडर कप सेप्टेम्बर २३ र २४ तारिखमा हुने

सिड्नी । डाँफे फुटबल क्लबले आउँदाे महिना एस स्टडी अस्ट्रेलिया डाँफे एम्बसडेर कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । मुलुकभन्दा बाहिर नेपाली समाजको बलियो उपस्थीती रहेको अस्ट्रेलियामा एक दशक देखि फुटबल प्रतियोगिता आयोजना भैरहेका छन । पछिल्ला बर्षहरुमा फुटबल प्रतियोगिताको बाढिनै आइरहेको बेला डाँफेले भने सेप्टेम्बर २३ र २४ तारिख सर्वाधिक धनराशीको एम्बेसडर कपको आयोजना गर्न लागेको हो । प्रतियोगिताको पहिलो स्थान प्राप्त गर्ने टोलीले पाँच हजार अस्ट्रेलियन डलर र दोस्रो हुने टिमले दुइ हजार डलरसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस बाहेक पनि प्रतियोगिताको म्यान अफ दी सिरीजले चार सय डलर र बेष्ट गोलरक्षकले चार सय डलर तथा फाइनलको म्यान अफ दी म्याचले तिन सय डलर नगद सहित ट्रफी हात पार्ने कुरा डाँफे फुटबल क्लबका ब्यवस्थापक जगदिस खड्काले बताए । २० वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगितालाई हार्बर कलेज अस्ट्रेलियाकोतर्फवाट पनि सहयोग हुने छ । त्यस बाहेक पनि अन्य पुरस्कारको लागि बिभिन्न प्रायोजकसँंग कुराकानि अगाडि बढिरहेको खड्काले बताए । प्रतियोगितामा मेलवर्नको दुइ ,थ्रीस्टार अल्बुरीको एक टोलीको सहभािगता रहने छ ।Screen Shot 2017-08-31 at 8.00.25 am बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रायोजकका तर्फवाट एस अस्ट्रेलियाका निर्देशक अभिषेक प्रधानले आफु सानैदेखि फुटबलको प्रशंसक रहेको कारण आफ्नो लगावलाई खेलाडीका रुपमा अगाडि बढाउन नसकेपनि प्रतियोगिता मार्फत सहयोगको हात बढाएको बताए । उनले सहयोग र सामाजिक सदभाव नै एस अस्ट्रेलियाको लक्ष्य रहेको सुनाए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले सिडनीमा फुटबलको क्रेज बढदैजाँंदा यसको स्तर र आयोजनामा ध्यान पुरयाउनु पर्ने बेला आएको बताए । उनले एनआरएनले सबैको सहयोग पाए आगामी बर्ष नेपाली फुटबल वा क्रिकेट टोलीलाई अस्ट्रेलियामा बोलाएर मैत्रिपुर्ण खेल खेलाउने लक्ष्य बोकेको सुनाए । पत्रकार सम्मेलनमा बोल्दै पुरना फुटबलर तथा प्राध्यापक राजु मानान्धरले नेपाल बाहिर ब्यवस्थीत र स्तरिय फुटबलको नमुनाका रुपमा अस्ट्रेलिया रहेको जिकिर गरे । सामाजिक सदभाव र आपसी एकताका अनि स्वस्थ जिवनको महत्वपुर्ण अंगका रुपमा खेलकुद रहेको मानन्धरले बताए । कार्यक्रममा एस स्टडीका अकाृ निर्देशक दिपक अग्रवालले युवा पीढीलाई एकाकार गर्ने क्रममा आफ्नो संस्थाले फुटबल मार्फत सम्वोधन गर्न खोजेको बताए । अग्रवालले भने,ब्यवशाय गर्दैजाँदा समाजप्रतीको दायित्व पनि बिर्सनु हुदैन । हामीले संगित र अन्य बिषयमा सहयोग गर्दै आएका थियौ यस पटक फुटबलमा हात अगाडि बढाएका छौ । कार्यक्रममा डाँफे क्लबका प्रमुख प्रशिक्षक मिलन थापाले प्रयोजक तथा क्लबहरुलाई स्वागत गर्दै प्रतियोगितालाई सफल बनाउन सहयोगको अपील गरे । तेजमान तामाङ अध्यक्ष रहेको डाँफे क्लब सन २०१५मा स्थापना भएको हो । सिडनीको प्रमियिर डिभिजन लिगमा समेत सहभागिता जनाइसकेको यो क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।