नेभिगेशन
कला/शैली

सिड्नीमा भेटिईन सरू

सिड्नी । सरू थापा गायिका मात्र होईनन् , समाजसेवी र ब्यबसायी पनि हुन । लामो समयदेखी गायन यात्रामा लागेकी सरू यतिबेला अष्टेलियाको सिड्नी आईपुगेकी छिन । शनिबार राती सिड्नी झरेकी सरू यसै साता नेपाल फर्कने तयारीमा छिन -' अहिले छोटो समयको लागि आएकी हुँ यस पटक तर , अर्कों पटक भने अष्टेलियाबासी नेपालीहरू माझ गीत संगीत प्रस्तुत गर्न आउने छु चांडै -' उनले भनिन । १६ वटा सागितिक एल्बम बजारमा ल्याएर आफ्नो पहिचान राम्रै बनाएकी सरू नेपालकै पहिलो महिला दोहोरी साँझ सन्चालिका पनि हुन । अहिले उनले १० बर्षदेखी काठमाण्डूको दरबारमार्गमा सन्चालन गरेको जूनकिरी दोहोरी रेष्टुरेन्ट निकै चर्चित र सफल हुंदै छ -' त्यो रेष्टुरेन्टलाई बिदेशमा रहनु हुने नेपालीहरू माझ पनि पुर्याउने सोच छ मेरो । दुबई, थाईल्यान्ड र सिड्नीमा मैले संभावना देखेको छु । त्यो कुराको अध्यनका लागि पनि यस पटक आएको हुँ -' सरूले भनिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्