नेभिगेशन
नेपाल समाचार

नयाको अध्यक्षमा प्रकाश खरेल

सिड्नी । नेप्लीज अस्ट्रेलियन युथ एशोसिएसन(नया)को शुक्रबार सम्पन्न साधारणसभावाट प्रकाश खरेलको अध्यक्षतामा नया कार्य समिती चयन भएको छ । अस्ट्रेलियाको नेपाली समुदायबिच स्थापनाको छोटो समयमै चर्चित बनेको यो संस्था यहाका युवाहरुको मिलन केन्द्रका रुपमा पनि परिचित छ । एनआरएनका अभियन्ता समेत रहेका युवा नेता खरेलको अध्यक्षतामा बनेको नया कार्यसमितीको उपाध्यक्षमा सुमन बोहरा,निजन चौलागाई र पुजा चन्द चुनिएका छन । यस्तै नयाको महासचिबमा प्रकाश अर्याल, कोषाध्यक्षमा प्रमिता शर्मा, सचिबमा दिपेन्द्र भण्डारी र सहचिबमा कुन्जा बस्नेत राना चयन भएका छन ।prakash kharel सिडनीको रकडेलस्थीत इन्द्रेणी फक्सन सेन्टरमा आयोजित भब्य समारोह बिच नयाका पुरानो कार्यसमितीकातर्फवाट अध्यक्ष कोमलराज पाठकले नव निर्वाचित अध्यक्ष प्रकाश खरेलको टिमलाई नेतृत्व हस्तान्तरण गरे । कार्यसमितीको इभेन्ट संयोजकमा अनुपराज न्यौपाने ,पब्लीक अफीसरमा लोचन धिताल, प्रबक्तामा हिरा कडेंल ,कल्चर कोर्डिनेटरमा अनुजा शर्मा, खेलकुद संयोजकमा द्धारिका दवाडी र आइटी संयोजकमा किरण अधिकारी चयन भएका छन । दुइ बर्षे कार्यकाल रहने नयाका कार्यसमिती सदस्यहरुमा सागर काफ्ले, नारायण प्रशाद पाण्डे,अर्जुन गौतम ,विजय पौडेल ,खगेन्द्र सत्याल,ओजु जोशी,प्रेम निरौला र बिश्वास अधिकारी निवाृचित भएका छन । नेतृत्व चयन कार्यक्रमलाई एक समारोहबिच नेपाली राजदुतावासका काउन्सिलर राजेन्द्र पाण्डेले उदघाटन गरे । पाण्डेले प्रवासमा पनि युवा जगतले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए । कार्यक्रममा पुर्व अध्यक्ष कोमलराज पाठकले पछिल्ला चार बर्षमा संस्थाले गरेका समाजिक कार्यको फेरिहस्त प्रस्तुत गरेका थिए । अध्यक्षमा चुनिएपछि खरेलले छोटो समयमा युवाहरुको ढुकढुकी बन्न सफल नयाको गरिमा बचाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए । नयाले सिडनीमा युवाहरुलाई केन्द्रबिन्दुमा राखेर भलिबर,बास्केटबल, क्रिकेट लगायतका खेल प्रतियोगिताहरुको आयोजनाका साथै सामाजिक सदभावका लागि क्रुज पार्टी र नेपालको शैक्षिक क्षेत्रमा समेत सहयोग पुरयाउदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्