नेभिगेशन
नेपाल समाचार

एक्सपर्ट फाउन्डेसनद्धारा बाढिपीडितलाई पाँंच लाख पचहत्तर हजार सहयोग

सिड्नी । अस्ट्रेलिया तथा नेपालमा रहेको एक्सपर्ट एजुकेशनको एक्सपर्ट फाउन्डेसनले दैबिप्रकोपको चपेटामा परेकाहरु नेपालीहरुको राहतका लागि पाँंच लाख पचहत्तर हजार प्रदान गरेको छ । पछिल्लो पटक मुलुकमा आइपरेको महाबिनासकारी भुकम्पको बेला आपत बिपतमा सहयोग गर्ने उद्देस्यले एक्सपर्ट फाउन्डेसन गठन भएको थियो । त्यतिबेलापनि आफ्नो स्थापनासँंगै एक्सपर्टले सिन्धुपाल्चोक लगायतका स्थानमा करिब दश लाखको राहत सामाग्री बितरण गरेको थियो । यतिखेर मुलुक बाढि पहिरोको प्रकोपले अस्तब्यस्त छ अनि एक्सपर्ट फाउन्डेसन राहतमा जुटेको छ । 20934899_10212834451708943_7577767006628025608_o एक्सपर्टका निर्देशक संजिव शर्माले यस पटक सुनसरी ,झापा, चितवन बाँंके र दाङ जिल्लामा बाढि पीडितहरुलाई पाँंच लाख पचहत्तर रुपैया प्रदान गरे । हाल नेपालमै रहेका सन्जिवले बिभिन्न जिल्लाहरुमा प्रभावित नगरका मेयर तथा प्रमुख जिल्ला अधिकारी मार्फत नगद सहयोग गरेका हुन । फाउन्डेसनले यस बाहेक सिन्धुपाल्चोकको सेलोङमा समेत माध्यामिक बिद्यालयको भवन निमार्ण अघि बढाएको छ । यो करिब करिब पुरा भैसकेको छ ,हामीले यस्तै खाले बिपत्तीमा सहयोग गर्न सकौ भन्ने उद्देस्यका साथ एक्सपर्ट परिबारको सहयोगमा फाउन्डेसनको स्थापना गरेका हौ , एक्सपर्टका कार्यकारी निर्देशक बद्री अर्यालले बताए । साच्चै नै हामीले शैक्षिक सेवावाट कमाएको मेवालाई देशको हितमा लगाउन सकिन्छ की भनेर भुकम्पको लगत्तै फाउन्डेसनको स्थापना गरेका थियौ,अहिले आएर सहयोगी हात बनेको छ , एनएसडब्लु राज्यका पर्यटनदुत समेत रहेका अर्यालले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्