नेभिगेशन
नेपाल समाचार

भवन भट्टद्धारा पाँंच लाख प्रदान, थप सहयोगको अपील

गैरआवासिय नेपाली संघका उपाध्यक्ष भवन भट्टले मुलुकमा आइपरेको संकटमा सहयोग गर्न सम्पुर्ण प्रवासी नेपालीलाई आब्हान गर्दै आफुले ब्यक्तीगततर्फवाट पाँंच लाख रुपैया प्रदान गरेका छन । प्रवासी नेपालीहरुको साझा संगठनका रुपमा रहेको गैर आवासिय नेपाली संघले मुलुकमा आएको दैविक प्रकोप लगत्तै तत्काल राहतको लागि एउटा राहत कोष स्थापना गरेर आवश्यक सहयोग अगाडि बढाएको थियो । यसै क्रममा हालै सप्तरी जिल्लामा राहत बितरण गरेको छ । एनआरएनमा सहयोगको घोषणा र प्रतिबद्धताको बाढि आइरहेपनि भवनले भने बैंकमा पाँंच लाख जम्मा गरेर राहतमा सक्रियता जनाएका हुन । यसअघि पनि बिभिन्न संस्था र फाउन्डेसनका प्रतिबद्धता बजारमा आइरहेपनि भवनले भने एनआरएन राहत कोषमा पैसा जम्मा गराएर सबैलाई मुलुकको आइपरेको बिपत्तीमा सहयोग गर्न अपील गरेका हुन । अबिरल बर्षाका कारण नेपालको तराइ क्षेत्रमा बाढि पहिरोका कारण पचासौको मृत्यु र हजारौ नेपाली घरबार बिहीन बन्नु परेको छ । प्रवासमा बस्ने नेपालीहरुको छाता संगठनका रुपमा रहेको गैर आवासिय नेपाली संघले देशमा आइपरेको बिपत्तीमा सहयोग गरेको तथ्य कसै सामु छिपेको छैन । यतिखेर पनि मुलुक पा्रकृतीक बिपत्तीको चपेटामा परेको छ । लगातारको बर्षाले देशका १५ जिल्ला पुरै प्रभावित बनेका छन । पचास जना भन्दा बढि नेपालीले ज्यान गुमाउनु परेको छ । लाखौ मानिसहरु बिस्थापीत हुन पुगेका छन । फेरी देश दुखेको छ । मुलुक प्रकृतीको प्रकोपको चपेटामा पील्सीएको छ । यस्तो अवस्थामा फेरी पनि हाम्रो काधँंमा नया जिम्मेबारी र दायित्व आएको छ , भवनले सहयोगको घोषणा पछि कुराकानी गर्दै बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्