नेभिगेशन
नेपाल समाचार

सिड्नीमा मनाइयो २३ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

सिड्नी । नेपाल आदिवासी जनजाती मन्च अस्ट्रेलियाले २३ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस सिड्नीमा मनाएको छ। अस्ट्रेलियामा छरिएर रहेका नेपाली आदिवासी तथा जनजातीको बिभिन्न संघ संस्थाको बाक्लो उपस्थिति रहेको कार्यक्रममा आदिवासी तथा जनजातीको पहिचान झल्काउने कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले प्रवासमा पनि आदिवासी तथा जनजातिको पहिचान र अधिकारको दिवस मनाउन पाउनु खुसीको विषय रहेको बताइन्।Indi prog संसारभरका आदिबासी तथा जनजातीको समान अधिकार र पहिचानको लडाइ जारी रहेको सन्दर्भमा अस्ट्रेलियाको नेपाली समुदायले सिड्नीमा यो दिवस मनाउनु खुसीको विषय भएको राजदूत लक्की शेर्पाले बताइन्। कार्यक्रममा विशेष अतिथि तथा लेबर पार्टीकी आदिवासी सभासद लिन्डा बर्नीले संसारभर छरिएर रहेका आदिवासीको अधिकारका लागि लड्नुपर्ने थुप्रै विषय भएको बताइन्। ‘जति विकशित राष्ट्र भए पनि जनजाति र आदिवासीका सवालमा धेरैखाले समान मुद्दाहरु रहेका छन्,हामी सबै मिलेर त्यसका लागि लडनु पर्ने हुन्छ,’ उनले भनिन्।20841648_1808037855880904_556422446_o लेबर पार्टीकी सिड्नी क्षेत्रकी सभासद बर्नीले नेपालप्रती आफ्नो चासो उच्च रहेको भन्दै आगामी नोभेम्बरमा नेपाल जाने सोच बनाएको बताइन्। नेपाल आदिवासी तथा जनजाती मन्चका अध्यक्ष अरुण तामाङले नेपालमा नयाँ संविधानले पनि जनजाती तथा आदिवासीको हक अधिकारको सम्वोधन गर्न नसकेको बताए। उनले अहिले पनि बिभेदको चरम सीमामा आदिबासी, जनजाति पिल्सीएका छन र यो अधिकारको लडाइ चलिरहने बताए। कार्यक्रममा मन्चले आफ्ना सबै पदाधिकारीहरुलाई राजदूत मार्फत सम्मान गरेको थियो । जनजाती र आदिवासीका आफ्नो परम्परा र भेषभुषा झल्काउने नृत्य तथा फेशन कार्यक्रमको आकर्षक बनेको थियो। कार्यक्रममा मन्चका सल्लाहकार गणेश तामाङले अस्ट्रेलियामा अन्तर्राष्ट्रय आदिबासी जनजाती दिवस मनाउन पाउनु गौरवको विषय रहेको उल्लेख गरे। एनएसडब्लुका माहाबाणिज्यदूत दिपक खड्काले पनि अन्तर्राष्ट्रिय आदिवासी दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका थिए।indi 2 prog कार्यक्रममा नेपालबाट कार्यक्रममा सहभागिता जनाउन आइपुगेका नेपाली खेलक्षेत्रका बिभिन्न ब्यक्तित्वलाई बिशेष सम्मान पनि गरिएको थियो। दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कराँते मार्फत स्वर्ण पदकधारी कुशल श्रेष्ठ, रजत पदकधारी राम लिम्बु, नेपाल कबड्डी संघका अध्यक्ष लालकुमार लामा तथा कराँते खेलाडी फुर्बा लामालाई राजदूत लक्की शेर्पाले सम्मान प्रदान गरेकी थिइन्।arun indi
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्