नेभिगेशन
नेपाल समाचार

डा. केसीको समर्थनमा सिड्नीमा एक्येबद्धता

सिड्नी । नेपालको मेडिकल क्षेत्रको बेथितिका सुधारको माग राख्दै पटक पटक पटक अनसन बस्दै आएका नागरिक समाजका अभियन्ता डा गोबिन्द केसीको अभियानमा समर्थन, सहयोग र एक्येबद्धताका लागि सिडनीमा शनिबार एक कार्यक्रमको आयोजना गरियो । सिड्नीको एशफिल्ड पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा एनआरएन तथा बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा समाजिक अभियन्ताहरुको उपस्थीती रहेको थियो । डा गोबिन्द केसीको माग सरकारले तुरुन्तै पुरा गर्नुपर्ने र स्वास्थ सम्वन्धी बेथिती हटाउन केसीले बढाएको अभियानमा प्रवासी नेपालीको पनि पुर्ण समर्थन रहेको कार्यक्रममका बक्ताहरुले बताए । अभियानका अभियानकर्ताहरु डा. घनश्याम चापागाईं, डिला खरेल, डा भुवन कँडेल र सुधिरा शाहले अस्ट्रेलियामा प्रारम्भदेखिनै डा गोबिन्द केसीको समर्थनमा अभियान थालेका हुन । 20814078_1808043079213715_938152117_n डा. केसीको मागहरु जायज छन् मेडिकल क्षेत्रको बिकृती हटाउन उनले थालेको यो अभियान निस्वार्थ छन्,त्यसैले हामीले यो अभियानमा साथ दिएका हौ , यस कार्यक्रमका अभियानकर्ता मध्येका एक सुधिरा शाहले बताइन । सामाजिक अभियन्ताहरुको आब्हानमा स्वतस्फुर्त रुपमा सम्पन्न कार्यक्रममा उपस्थीत बक्ताहरुले राज्यको लापरबाहीले मेडिकल क्षेत्रमा देखिएको बिकृती र बिसंगती हटाउन डा केसीको अभियानलाई सम्पुर्ण नेपालीले साथ दिनुपर्ने बताए । 20863929_1808039879214035_907360677_n जस्तै यस अगाडीका डा. केसीका अभियानमा अस्ट्रेलियामा ऐक्यबद्धता कार्यक्रमहरु सम्पन्न भएका थिए । पटक पटक आश्वासन मात्र दिने तर माग पुरा नगर्ने सरकारको मनसाय प्रति समेत खबरदारी गरिने यो कार्यक्रमको आयोजना गरिएको एनआरएनका पुर्व कोषाध्यक्ष तथा सामाजिक अभियन्ता डिला खरेलले बताए । कार्यक्रममा एनआरएनका पुर्व उपाध्यक्ष दिनेश पोखरेलले मुलुकको बिकृती र बिसंगतीविरुद्ध लडने डा गोबिन्द केसी जस्ता नायकको समर्थनमा उभिन पाउनु पनि प्रवासी नेपालीको गर्वको बिषय बनेको बताए । हामी जहा रहेपनि उहाको निस्वार्थ अभियानको समर्थनमा उभिनेछौ , पोखरेलले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्