नेभिगेशन
नेपाल समाचार

महाविरको अभियानमा सिड्नीको सहयोग

सिड्नी । मुलुकको समृद्धीका लागि राष्ट्रिय आविष्कार केन्द्रको स्थापना अभियान लिएर अस्ट्रेलिया आइपुगेका महाविर पुनलाई सिडनीमा भएको अन्त्रक्रिया कार्यक्रमवाट पन्ध्र हजार डलर सहयोग हुने भएको छ । गैर आवसिय संघ अस्ट्रेलियाको आयोजना तथा न्यु साउथवेल्स राजइ समितीको संयोजनमा भएको कार्यक्रममा बिभिन्न सह्दयी मनहरुले महाविरको अभियानमा थोरै भएपनि सहयोग गर्ने बचनबद्धता प्रकट गरेका हुन । एनआरएन अस्ट्रेलियाको निर्वाचनपछिको पहिलो कार्यक्रममा देशका बैज्ञानिक महाविर पुनको अभियानलाई सहयोग जुटाउन पाउनु आफ्नो भाग्य भएको उपाध्यक्ष तथा एनएसडब्लु संयोजक नन्द गुरुङले बताए । पैसा नभएको मानिश हुदैन र अर्थतन्त्र बलियो नभएको देश बिकासमा अगाडि हिडन सक्दैन भन्दै पुनले आफ्नो अबको लक्ष्य भनेको युवा शक्तीलाई दक्षता अभिबृद्धीमा अगाडि बढाउनु रहेको बताए । म्याग्दीको नागीमा जन्मेका महाविर यतिखेर नेपाली जनमनमा परिचित मात्र हैन सुचना प्रवीधीको क्षेत्रमा कायापलट गर्ने एउटा स्वाभिमानी सेवकका रुपमा पनि मुलुकमा चर्चीत बनिसकेका छन ।20727388_1802900699727953_929449761_o नयाँ बन्न सोचाइ,बिचार,दृष्टिकोण,आकांक्षा,सपना,व्यबहार,आचरण,कार्यशैली,भिजन सबै नयाँ ल्याउन सक्नु पर्छ भन्दै महाविरले भने, मेरो आवाज सरकारले नसुनेपनि संसारभर छरिएर रहेको नेपालीले महसुस गर्ने बिश्वास मैले लिएको छु । बैज्ञानिक ,सामाजिक उद्यमि अनि समाजसेवी महाबिर पुन तेस्ता पात्र हुन जस्ले आफ्नै प्रयासमा नेपाली समाजलाइ केही नयाँ दिने प्रयत्न गरे । संसारकै उच्च र बिकट इलाकालाइ ईन्टरनेटसंग जोड्ने महाविरको कामलाई देशले होइन बिदेशले पहिलो चिनेको थियो । सोही कारण एशियाकै नोबेल पुरस्कारका रुपमा रहेको म्यागासेसे पुरस्कार पाएका थिए महाविरले । कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्का एनआरएनका पुर्व अध्यक्ष गणेश केसी, ध्रुब सुबेदी, एक्काका अध्यक्ष निरज श्रेष्ठ, समाजिक अगुवाहरु दिनेश पोखरेल र बुद्धी डल्लाकोटीलगायतले महाविरको अभियानमा सबैले सहयोगक गर्नु पर्ने बताए । 20731102_1802900706394619_538695661_n हाल उनि अस्ट्रेलियाको क्यानबेरा ,एडिलेड, ब्रिसबेन लगायतका शहरहरुमा प्रवासी नेपालीमाझ आफ्नो अभियान अगाडि बढाउनेक्रममा रहेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्