नेभिगेशन
कला/शैली

ग्याङस्टर ब्लुज’ काे प्रीमियर अस्ट्रेलीयामा

सिड्नी । हेमराज बिसीद्वारा निर्देशित फिल्म ‘ग्याङस्टर ब्लुज’ काे प्रीमियर अस्ट्रेलीयामा हुने भएकाे छ । याे एक्सन फील्म नेपालमा प्रदर्शन हुनु अवागै अस्ट्रेलियामा प्रदर्शन हुन लागेकाे हाे । फिल्म भदौ २ गतेबाट नेपालभर सार्वजनिक प्रदर्शनमा आउने छ । निर्माता सरोज न्यौपानेका अनुसार अस्ट्रेलियाका ६ शहरमा फिल्म प्रदर्शन हुन लागेको हो । फिल्मको पहिलो प्रिमियर समेत अष्ट्रेलयाको सिड्नीमा अगष्ट १३ र १४ मा हुनेछ । बाँकी पाँच शहरमा भने नेपाल रिलिज अर्थात भदौ २ बाटै प्रदर्शन हुने छ । हिमा अस र मुग्लानको मूख्य प्रयोजनमा रकडेल ब्वाईद र ड्रिम हाईटले अस्ट्रेलियामा फिल्मको प्रदर्शन गर्न लागेका हुन ।हाल ‘ग्याङस्टर ब्लुज’ टिम मुख्य कलाकारलाई साथमा ैलिएर मोफसल दौडाहमा निस्किएको छ । मोफसलका विभिन्न शहरमा कन्सर्ट आयोजना गर्दै फिल्मको प्रचारलाई तिब्रता दिइरहेको छ । फिल्ममा आना शर्मा, आशिरमान देशराज जोशी, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय रहेकाे छ । ‘ग्याङस्टर ब्लुज’ का सरोज न्यौपाने र हेमराज बीसी निर्माता हुन् भने मनिष पण्डित कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचीत्र तयारीकाे लागी सम्पुर्ण तयारी भैसकेकाे रकडेल ब्वाईजका सीतल खाँडले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्