नेभिगेशन
खेलकुद

नवाज कपको उपाधि दी राइजिङ गोर्खाजलाई

सिड्नी । सिड्नी मेट्रो नवाज कप फुटबल प्रतियोगिताको फाइनलमा फेवा क्लबलाई पराजित गर्दै दी राइजिङ गोर्खाज क्लबले उपाधि जितेको छ । प्रतिस्पर्धात्मक भिडन्तमा फेवा फुटबल क्लबलाई १–०को अन्तरले हराँंउदै राइट एन्ड एशोसियट्स राइजिङ गोर्खाजले प्रतियोगिताको उपाधि चुमेको हो । जितका लागि निर्णायक गोल इनोज न्यौपानेले मध्यान्तर अगाडि गरेका थिए । स्ट्राइकर पारसले फेवाको डी बक्ससम्म लगेको बल फेवाका रक्षापंक्तीका खेलाडीले क्लीयर गर्न नसक्दा इनोजले सजिलै बललाई जाली चुमाएका थिए । मध्यान्तर अगाडि गोल गर्ने आधा दर्जन अवसर पाएको दी राइजिङ गोर्खाजेले दोस्रो हाफमा भने फेवाको दबाब झेल्नु परयो । फस्ट हाफमा दुइ वटा प्रहार पोष्टमा ठोक्कीनु र केहि राम्रा मौका सदुपयोग हुन नसक्दा राइजिङले उपाधिको लागि मिहिनेत गर्नु परेको थियो । आफ्ना तिन नियमित खेलाडी बिनानै मैदानमा उत्रेको राइजिङले सुमिन भट्टराइको कप्तानीमा उत्कृष्ट खेल खेलेपनि फेवाका गोलरक्षक गोकुल छन्त्याल उनिहरुका लागि भिलेन साबित भएका थिए । पहिलो हाफमा करिब तिन वटा राम्रा प्रहार बिफल लुल्याएपछि राइजिङलाई दबाब बढेको थियो । दोस्रो हाफमा घाइते स्ट्राइकर सुनिल भण्डारी मैदानमा उत्रेपनि राइजिङले जितको अन्तर बढाउन सकेन । दोस्रो हाफमा फेवाले गोल गर्ने अवसर प्राप्त नगरेको होइन । तर बिपक्षीको डि बक्स भित्र आपसी तालमेल हुन नसक्दा फेवाले खेल बराबरी गर्ने अवसर चुकाएको थियो । हामीले पहिलो हाफमा राम्रो फुटबल खेल्यौ , राम्रा केहि अवसरहरु चुक्दा गोलको अन्तर बढन सकेन । जसको दबाब हामीले दोस्रो हाफमा खेप्नु परयो । केहि नियमीत खेलाडी घाइते हुनु हाम्रो लागि कठिन बनेको थियो तर अरु खेलाडीले निर्क राम्रो फुटबल खेले । जित्नु हाम्रो उद्देस्य थियो त्यो पुरा भएको छ , दी राइजिङ गोर्खाजका ब्यवस्थापक जोन सिटौलाले बताए । यता प्रतियोगिताका विजेता क्लबका प्रायोजक राइट एन्ड एशोसियट्सका निर्देशक बाल चन्द्र भट्टराइले अस्ट्रेलियामा नेपाली समुदायबिच आपसी भाइचारा बढाउन यस्ता प्रतियोगिताहरु महत्वपुर्ण रहने बताए । अर्का निर्देशक परशुराम अधिकारीले भने प्रतियोगितामा हार र जित भन्दा पनि अस्ट्रेलियाका युवा समुदायलाई खेलको माध्यमवाट एकताकोसुत्रमा बाध्नु नवाजको महत्वपुर्ण पाटो भएको बताए । 20664469_1714739885252815_1282776392373668139_n प्रतियोगिताका म्यान अफ दी सिरिज फेवा फुटबल क्लबका अभिषेक गुरुङ , म्यान अफ दी म्याच राइजिङ गोर्खाजका कप्तान सुमिन कुमार भट्टराइ , बेष्ट गोलरक्षक टीआरजीका समिप गौचन घोषित भए । सेन्ट जोर्ज फ्रेन्ड्स सिम्रीक क्लबका आषिश श्रेष्ठ १० गोल गरेर सर्वाधि गोलकर्ता बने । वेस्ट डिफेन्डर पनि सोही क्लबका करिब तिन महिना लामो प्रतियोगिताको भेट्रानतर्फको उपाधि भने सेन्ट जोर्ज नेप्लीज क्लबले जितेको छ । उसले टाइब्रेकरमा प्रतिस्पर्धी हिमालयन युथ क्लबलाई सडेन डेथमा हराएको थियो । सडेन डेथमा भेट्रान फुटबलर राजु मानन्धरले सेन्ट जोर्जका लागि निर्णायक पेनाल्टी गोल गरेका थिए । प्रतियोगिताका विजेताहरुलाई अस्ट्रेलियन नेप्लीज वेलफेयरका अध्यक्ष बिनोद शर्मा, पर्यटनदुत बद्री अर्याल, एनआरएनका उपाध्यक्ष नन्द गुरुङ,पुर्व उपाध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियन्ता नारायण प्रधान, एनआरएनका सचिब देव गुरुङ ,प्रतियोगिताका प्राविधिक निर्देशक राजु मानन्धर,सेन्टजोर्ज बैंकका विश्वास भट्टराइ, सिडनी मेट्रो कलेजकी सुजाता चालिसेले लगायतले विजेता खेलाडी तथा टिमलाई ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए । विजेता टिमलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको थियो । जसमा प्रथम हुने टीमले पुरस्कार वापत सिल्ड, र प्रमाणपत्र सहित १५०० डलर, दोस्रो स्थान ल्याउने टीमलाई ८०० र तेस्रो स्थान ल्याउने टीमलाई ५०० डलर पाउन सफल भए । त्यस्तै म्यान अफ द रिरिज विजेतालाई ३०० डलर र म्यान अफ द फाइनल विजेतालाई १०० डलर पुरस्कार प्रदान गरियो । प्रतियोगितामा अस्ट्रेलियामा रहेका १७ वटा फुटबल क्लबले सहभािगता जनाएको कुरा अध्यक्ष बिनोद शर्माले बताए । फाइनल खेलको समापनमा वालवालिकाहरुको लागि जम्पिङ कास्टल, किड्स रेसिङ, किड्स पेलान्टी सुट आउट लगायत खेलहरु समेत समावेश गरिएको थियो । १९९९ मा गैर–नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपाली दाजुभाइबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबलको आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।