नेभिगेशन
खेलकुद

नवाज कपको फाइनल खेल आईतवार ६ अगस्टमा हुदैं

सिड्नी । अस्ट्रेलियामा रहेका फुटबल पारखी तथा फुटबल खेलाडीहरुलाई हौसला प्रदान गर्दैे नेप्लीज अष्टे«लियन वेलफेयर सोसाइटी (नवाज) ले प्रत्येक वर्ष संचालन गर्दै आएको फुटबल प्रतियोगिता अन्र्तगत सन् २०१७ को सिड्नी मेट्रो कलेज नवाज कप फुटबल प्रतियोगिताको फाइनल खेल यहि आइतवार ६ अगस्टका दिन लिडकमस्थित वाइड पार्कमा हुने भएको छ । नवाजका अध्यक्ष बिनोद शर्माका अनुसार उक्त दिन विहान ११ बजे तेस्रो स्थानका लागि माछापुच्छे्र र सेन्ट फेन्ड्रस् सिम्रीक क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । भने फाइनल खेल दिउँसो १ः३० बजे टिआरसी र फेवा फुटबल क्लब बिच हुनेछ । साथै उक्त फाइनल खेलका दिन ३५ वर्ष उमेर समुहभन्दा माथिका भेटेरान समुहको सेमीफाइनल माछापुच्छ्रे र एचवाईसी क्लब बीच तथा सेन्ट जर्ज नेप्लीज र पारापार्क क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेलको समापनमा वालवालिकाहरुको लागि जम्पिङ कास्टल, किड्स रेसिङ, किड्स पेलान्टी सुट आउट लगायत महिलाहरुका लागि म्युजिकल चियर जस्ता खेलहरु समेत समावेश गरिएको छ । नेपाली खानाका परिकारसँगै फुटबलका पारखीहरुले उक्त फाइनल खेलको मनोरञ्जन लिन सक्नेछन् । अध्यक्ष शर्माले प्रवासमा खेलाडीहरुको हौसला बढाउन तथा आपसी भाइचारा बढाउन समेत उक्त फाइनल खेलमा स–परिवार उपस्थिति हुन सिड्नीबासी नेपाली समुदायलाई विशेष अनुरोध गरेका छन् । नवाजका अध्यक्ष शर्माका अनुसार विजेता टिमलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम हुने टीमले पुरस्कार वापत सिल्ड, र प्रमाणपत्र सहित १५०० डलर, दोस्रो स्थान ल्याउने टीमलाई ८०० र तेस्रो स्थान ल्याउने टीमलाई ५०० डलर पाउनेछन् । त्यस्तै म्यान अफ द रिरिज विजेतालाई ३०० डलर र म्यान अफ द फाइनल विजेतालाई १०० डलर पुरस्कार प्रदान गरिनेछ । १९९९ मा गैर–नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपाली दाजुभाइबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबलको आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।