नेभिगेशन
बिचार/ब्लग

मुलुकको मुँंहारको बिमानस्थल भवन भट्ट

पछिल्लो हप्ता एकाएक चर्चामा आयो एनआरएन । नामले मात्र कहलिएका एनआरएनहरुको कामले पनि देशको मुहार फेरीन थाल्यो भनेर ब्यापक समाचार छापीयो । कुरो सामान्य थियो, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सरसफाइ । पर्यटकको पहिलो पाइला पर्ने मुलुकको बिमानस्थल हेर्न लायक बनाउने अभियानमा जुटेका थिए एनआरएनएका उपाध्यक्ष भवन भट्ट । एक महिना लामो बिमानस्थल सरसफाइ सोमबार सकिएको छ भने स्थानिय सरोकारवालालाई प्रशिक्षण र पैरवी गर्दै खेम क्लीनिङले पहिलो चरणको यात्रा टुंगाएको छ । गोरखाका भवन लामो समयदेखि जापानमा ब्यवशायमा रमेका पनि छन र जमेका पनि । उनि गैर आवासिय नेपाली संघका वरिष्ट उपाध्यक्ष पनि हुन । अस्ट्रेलिया भ्रमणमा रहेका भवनले दक्षता अभिबृद्धी र ज्ञान साटने अभियान अन्तगर्त यस पटक एनआरएनले बिमानस्थलको सरसफाइ रोजेको बताए । मुलुक दुख्दा जुरुक्कै उठने प्रवासी समाजको साझा संगठनका रुपमा रहेको एनआरएनले लगानी र देश बिकासमा लामो समयदेखि योगदना पुरयाउदै आएपनि यस पटक हेर्न लायक काम गरेको हो । हेर्दा सानो र थोरै लगानी भएपनि साच्चीकै लोभलाग्दो र स्याब्बासीपुर्ण काम ठहरिएको छ बिमानस्थल सरसफाइ । यसलाई हामीले फरक ढंगले लिएका छौ । स्कील ट्रान्सफर अभियान अन्तर्गत बिदेशमा सिकेको ज्ञानलाई नेपालमा लगाउने अभियानको पहिलो स्वरुप हो बिमानस्थल सरसफाइ । एनआरएनको यो अभियानलाई अस्ट्रेलियाको सिडनीमा रहेको खेम शर्माले साकार रुप दिएका हुन । ब्यवशायीक सरसफाइ अभियान गरिरहेका खेम क्लीनिङलाई भवनले बिमानस्थलको जिम्मा लगाएका थिए । अहिले पहिलो सत्रमै यसले स्वरुप फेरेपछि नेपालका मिडियाहरुमा यो सवत्र चर्चामा रहयो । खेम शर्माले यो कार्यवाट निकै चर्चा मात्र बटुलेनन उनले आगामी दिनमा यस्ता कामका लागि आफु सदैब तत्पर रहेको समेत प्रतिक्रिया दिए । बिदेशमा रहेका नेपाली प्राविधिक दक्षहरुले नेपालमा गएर आफ्नो ज्ञान मात्र बाडेपनि मुलुकको लागि यो ठुलो बिषय बन्दो रहेछ, हामीले यसलाई परिक्षणका रुपमा लिएका छौ , भवनले कुराकानीका क्रममा भने । एनआरएन अस्ट्रेलियाको कार्यक्रममा सिडनी आएका भवनले भने ,एनआरएनले आगामी दिनहरुमा मुलुकको बिकासमा नया अवधारणा अगाडि सार्नु पर्ने देखिएको छ । एनआरएनले पर्यटकको पहिलो पाइला टेक्ने अन्तराष्ट्रिय बिमानस्थल नेपालको मुहारका रुपमा परिचित हुने भएकाले यसलाई सफा,सुग्घर र चुस्त अनि तन्दुरुस्त राख्नुपर्छ भन्ने हाम्रो मान्यता रहदै आएको थियो । त्यसैले हामीले पहिलो प्रयास स्वरुप बिमानस्थललाई रोजेका हौ, भवनले भने । अतिथीदेबो भव भन्ने नारालाई मात्र अगाडि बढाउन सके नेपाल र नेपालीको आर्थिक बिकासमा टेवा पुग्ने बताउदै भवनले भने अबका दिनहरुमा एनआरएनले यस्तै खाले नया योजनाहरु बुनेको बताए । । बिदेशमा बसेर दिनरात देशका बारेमा सोच्ने लाखौ युवा पीढीहरु महत्वपुर्ण क्षणमा आफुलाई पनि समाहित गर्न चाहन्छन । हामीले देशको मुहार परिवर्तन गर्न सके हाम्रो पनि प्रतिष्ठा कायम रहला । त्यसैले एनआरएनले यस पटक बिमानस्थल सरसफाइवाट नया कामको थालनी गरेको हो । आगामी दिनमा यस्ता बिषयमा एनआरएनले जोड दिनु पर्ने भट्टको कथन थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...