नेभिगेशन
कला/शैली

प्रबासमा नेपाली गीत संगीतलाई बिस्तार गर्दै पूर्ण परियार

यिनी हुन पूर्ण परियार । प्रबासमा रहेर पनि नेपाली लोक गीत संगीत क्षेत्रमा यिनले पुर्याएको योगदान स्वागतयोग्य छ । पूर्ण बिगत १० बर्षदेखी अष्टेलियाको बिरज बेनमा बस्दै आएका छन । नेपालको लम्जुगंका पूर्ण ७ बर्ष यूरोप बसेपछी अष्टेलिया हानिएका हुन -' प्रबासी जिबनमा पनि आफ्नो ईच्छालाई मर्न नदिएको हुँ -' पूर्णले भने । पूर्णले अहिलेसम्म चारवटा एल्बम बजारमा ल्याईसकेका छन । आफ्ना सृजनामा बिशेष गरेर नेपाली भाका र शैलीलाई प्राथमिकता दिने पूर्ण यतिबेला भने आफ्नो नयां अल्बम निकाल्ने तयारीमा छन -' अब चांडै नयां एल्बम 'फेशन नम्बर वन ' बजारमा ल्याउँदै छु -' उनले भने । पूर्णले आफ्ना गीतहरूको भिडियोमा मोडलहरू पनि चलेकै राखेका छन । शंकर बिसी,पार्वती राई,ज्योति मगर जस्ता हिट मोडलहरूलाई उनले आफ्ना भिडियोमा खेलाएका छन । हेर्नुहोस् भिडियो
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्