नेभिगेशन
नेपाल समाचार

खेम शर्माको नेपाल मोह र सरसफाई अभियान

अभियान आजको होइन, दुइबर्ष अघि चितवनको भरतपुरबाट सुरु भयो । स्थानीय भरतपुरबासिलाइ लाग्यो विदेश गएर उसले अर्कै चमत्कार गर्योहोला तर आठ बर्षपछी भरतपुर फर्केको युबा गाउ टोल छिमेक सरसफाई गर्छ, सरफाइ नभए सम्म देश बिकास हुन् भन्ने कुरा गर्छ । केहि दिन त उनका बा आमालाइ पनि अफ्ठेरो भयो . अस्ट्रेलिया गएको छोरो फर्केर मठ , मन्दिर , विमानस्थल , जिल्ला प्रशासन र शिक्षा कार्यालयको सरसफाई गर्छ । रेडियो टेलिभिजन र पत्रपत्रिकामा आफ्नो छोराको काम समाचार बनेर आएपछि मात्रै उनका बा आमालाई टोल समाजमा सबैले हेर्ने दृस्टी कोण नै फेरे । यो सानो कथा हो अस्ट्रेलिया निबाशी खेम शर्माको । उनि अहिले नेपालको एकमात्र अन्तरास्ट्रिय विमानस्थलको सरसफाइको अभियान सहित एरपोर्टको सुनौलो ढोका सामुन्नेको एरपोर्ट होटेलमा सरसफाई मजदूरहरु संगै सामान्य रुपमा बसेका छन् र प्रत्यक मध्ये राति १२ बजे पछी उनि मजदूर संगै बिमनाथल जान्छन र सरसफाईमा खट्छन । उनि बिहान पाच बजे सिंगो काठमाडौँ ब्युझन थाल्दा काम सकेर सुत्छन । यो उनको बिगत बिस दिनदेखिको समय तालिका हो । गत जुन २९ मा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल ब्यबस्थापन र गैरआवाशीय नेपाली संघले औपचारिक कार्यक्रम गरि विमानस्थल मा आधुनिक सरसफाई अभियान संचालन गरेका थिए जसको मुख्य जिम्मेवारी अस्ट्रेलियामा सरसफाई को ब्यबशय गरिरहेका खेम शर्मा लाइ दियिएको थियो . उनले तिन हप्ता नबित्दै विमानस्थलको प्रस्थान , आगमन लगाएत का यात्रुहरुको चाप बढी हुने इलाका लाइ सरसफाईको हिसाबले ब्यबस्थित र सफा बनाएका छन् उनि संगै काममा दैनिक खट्ने तिन दर्जन कर्मचारी सरसफाइको आधुनिक सिप पनि सिकिरहेका छन् र विमानस्थललाइ सफा पनि राखिरहेका छन् ।.गत जुलाई १५ मा उनले आफ्नो जन्मदिन पनि मजदूर हरु संग काममै बिताए । उनले आफ्नो फेसबुक वाल मा आफ्नो काम प्रति लगाव तथा अनुभूति लेख्दै भने - म आजको मेरो जन्म दिनमा संगै काममा दैनिक खट्नु भएका स्वोयम्सेक साथीहरुसंगै काममै छु । म सबै साथीहरुलाई काममा देखाउनु भएको मेहनतको लागि र यो अभियानमा लाम लाग्नु भएका सबै ब्यक्तित्वो तथा सस्थाहरुलाई पनि धन्यबाद दिन चाहन्छु । यो अभियानका क्रममा प्राप्त एउटा ज्ञान के हो भने नेपालमा कुनै पनि काम कुशलता पुर्बक सम्पन्न हुन कुनै समस्या छैन . समस्या एउटा मात्रै हो कि कार्यथलोमै पारदर्शी र जिबन्त रुपमा सबै संगै खट्ने नेत्रित्वोको अभाव अनि सबै बीचको उचित संचारको अभाव । यी दुइ समस्या हल हुदा जुनसुकै काम समयमा र सफलता पुर्बक गर्न सम्भव छ । 20196497_10211489977658482_1041867557_o उनले आफ्नो अनुभव फेसबुक मा अगाडी राखेकाछन - हामीले नेपालको एक मात्र अन्तरास्ट्रिय विमानस्थलको मुख्य भवनको सरसफाई सुरु गरेको आधा महिना भयो . हामीले मध्य राति सुरु गरेर बिहान सबेरै सम्पन्न गर्ने सरसफाई को क्रममा यी दुइ हप्तामा भवनको भित्रि माथिल्लो भागमा उल्ल्यख्य परिबर्तन भएको छ । उनि आफ्नो कामको दुइ हप्ताको अनुभवबाट निष्कर्षमा पुगेका छन् कि - यदि नेपालमा सरकारबाट सरसफाईको बिधि र मापदण्ड बन्ने हो भने नेपालका आधुनिक शहरहरुका अरबौको लगानीमा बनेका सबै सुन्दर भवनहरु छ महिना देखि एक वर्ष भित्र सफा राख्न सकिन्छ । उनले नेपालका सडकमा भएको धुलो धुवाका कारणले आधुनिक भवनहरुको सरसफाईमा देखिने समस्या अस्थाई भएको र त्यो पनि सडकहरुको निर्माण संगै समाधान हुने हुदा सफा नेपाल सम्भव छ । उनको काम हेर्न केहिदिन अघि नेपाल को चलचित्र जगतका महानायेक राजेश हमाल एकाबिहानै त्रिभुवन विमानस्थल आइपुगे । मजदूरहरुसंगै केहि समय बसे र उनको टिमलाइ बधाई दिदै आफुपनि यो अभियानमा सहभागी हुने बताए । महानायेक हमाल सहित नेपालको हास्यव्यंग्य क्षेत्रमा चर्चित कलाकार मनोज गजुरेल र जितु नेपाल पनि झिसमिसे बिहानीमा विमानस्थल पुगेका थिए । कलाकार गजुरेल र नेपालले खेम शर्माको समाजसेवा र उद्यमशीलता अस्ट्रेलिया भ्रमणका बेला नै थाहा पाएका थिए । सरसफाई भइरहेकाबेला गत जुलाई १३ मा त्रिभुवन अन्तरास्ट्रिय बिमान्थलको भ्रमण गरेका हास्य कलाकार जितु नेपाल भन्छन - बिहॉन ४.३० बजे अष्ट्रेलीयामा ब्यवसाय गर्नुहुने खेम शर्मा ज्यूले कल गर्नुभयो र एरपोर्ट बोलाउनु भयो,वहॉ र एन आर एनको नेत्रीत्वमा अहीले एरपोर्ट सफाई अभीयान चलीरहेको रहेछ । गरे के हुंदैन भन्ने उदाहरण पॉय, एर्पोर्टमै कार्यरत कर्मचारीहरूबाट यस्तो काम पनि हुंदो रहेछ, खाली खॉचो रहेछ त सफल नेत्रीत्व, ईच्छा र मिहेनत । उनले यस बारे मा अगाडी भने - भो धेरै न लेखौं...यो लेख्ने कुरा हैन देख्ने कुरा हो बिदेश यात्रा गर्नुहुने सबैले देख्नु हुने छ र महसुष गर्नुहुनेछ। यस अभीयानले निरन्तरता पावस र संम्बन्धीत निकायको ध्यान पनि जावस। यस अभीयानमा मेरो पनि सदा साथ रहनेछ । 20206417_10211490693956389_1093231715_n सरसफाई मन्त्रालय का सचिब तथा नेपाल का बरिस्ठ इन्जिनिएर भिम उपाध्यायले उनलाई सिंह दर्बार स्थित आफ्नो कार्यकक्ष मै बोलाएर उनको काम को प्रसंशा गरे . उनले तत्काल गत सुक्रबार आफ्नो सामाजिक संजाल फेसबुकमा लेखे - नेपालमा कामै काम छ जे गरे पनि जत्ति पनि काम छ । तर कामलाई व्यवस्थित गर्नसक्ने सिप भएको नेताहरू छैनन् जसले कार्यस्थलमै गएर लहेर यसरी गर्दा सजिलो, प्रभावकारी र सस्तो पर्छ भनेर सिकाउन सकोस् । उनले सरसफाई अभियेंता शर्मा संग को भेट लाइ उल्लेख गर्दै अगाडी भने - आज अष्ट्रेलियामा खोलेको खेम्स क्लिनिंग प्रा लि का सीईओ खेम शर्माले मसंग मन्त्रालयमै भेटेर मलाई प्रभावित पार्ने गरी आफ्नो सफाई व्यवसाय कार्यको वयान गरेका छन्, खेम जी त्यस्ता सिपयुक्त नेता हुन् । उन को दक्षताको नेपालीले भरपूर फाईदा लिनु सक्नुपर्छ । अभियेंता शर्मा को काम बाट प्रभावित हुदै सचिव उपाध्याय अगाडी लेख्छन - त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनको कम्पनीले भोलन्टरी क्लिनिंग सेवा गरेर अकल्पनीय सफाई कायम गरेको प्रत्यक्ष देख्न पाईन्छ । सिंहदरवारमा पनि हामीलाई सिकाईदिन मैले अनुरोध गर्दा म सदा तयार छु जहिले भन्नुहुन्छ अष्ट्रेलियाबाट ४८ घंटामै म नेपाल आउने छु भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महान छन् खेम जी नमन् । 17800181_10210064033892173_799596003114954614_n गैर आवाशीय नेपाली संघ अन्तरास्ट्रिय समिति मा उपध्यक्ष भवन भट्टकोले अस्ट्रेलिया मा सरसफाई पेशा मा दक्षता हासिल गरेको र देश को निम्ति स्वोयम्शेबी रुपमा निरन्तर काम गरि रहेको हुनाले खेम शर्मालाइ यो अभियानको नेत्रित्वो दियिएको बताए । उनका अनुशार नेपालमा आउने पर्यटकहरुको पहिलो नजर यहाँको सरसफाईको अवस्था माथि हुन्छ । देश को मुख्य प्रवेशद्वार विमानस्थलको सफाई भएमा मात्र अन्तरास्ट्रिय रुपमा देश को छबी सुन्दर बन्छ । उनले गैर आवाशिये नेपालीहरु आफ्नो ज्ञान, सिप र आर्जन गरेको धन आफ्नो मातृभूमि का लागि सदुपयोग गर्न चाहन्छन भन्ने यो एक उदाहरण भएको बताउछन / यो अभियान जुलाई को अन्त मा औपचारिक रुपमा समापन भएपनि सरसफाई को काम निरन्तर को काम भएका ले अनुरोध भए सम्म काम जारि रहने खेम शर्मा ले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्