नेभिगेशन
नेपाल समाचार

बाबा एजुकेसन कन्सल्टेन्सिलाई "एजेन्सी अफ् द इएर २०१७"को उपाधि

सिड्नी । लामो समयदेखि अष्ट्रेलियाको सिड्निबाट विद्यार्थीहरुलाइ शिक्षा र अध्यागमन सम्बन्धि सेवा प्रदान गर्दै आएको बाबा एजुकेसन कन्सल्टेन्सि सम्मानित भएको छ। अष्ट्रेलियामा उच्च शिक्षा अध्धयन गर्न आएका विद्यार्थीहरुको माझ मा परिचित नाम बाबा एजुकेसन कन्सल्टेन्सि, अष्ट्रेलियन आइडल कलेजद्वारा सम्मानित भएको हो। अष्ट्रेलियन आइडल कलेजले एक कार्यक्रमका बिच बाबा एजुकेसन कन्सल्टेन्सिलाई "एजेन्सी अफ् द इएर २०१७"को उपादिले सम्मान गरेको छ। बाबा एजुकेसन कन्सल्टेन्सिले नेपाल र अष्ट्रेलिया दुवै ठाँउबाट विद्यार्थीहरुलाइ सेवा दिँदै आएको छ। अष्ट्रेलियन आइडल कलेजका मार्केटिङ एक्जिक्युटिभ,ज्याक सेनका भनाइ अनुसार" बाबा एजुकेसन कन्सल्टेन्सिले बिगत लामो समयदेखि निरन्तर रुपमा कलेजका गतिविधि हरुमा साथ दिँदै र विभिन्न कोर्स हरुमा धेरै भन्दा धेरै विद्यार्थी लाई भर्ना गराएकोमा उक्त अवार्ड बाट सम्मानित गरिएको हो । बाबा एजुकेसन कन्सल्टेन्सिले विद्यार्थीहरुको वास्तविकता बुझेर उनिहरुलाई उचित परामर्श सहित सहि गन्तव्य मा पुराउने गर्छ र त्यो मध्यको एक म पनि हुँ भन्छन् यसै अष्ट्रेलियन आइडल कलेजमा अघ्घयनरित विद्यार्थी महेश साप्कोटा । नेपाल को न्युरोड र अष्ट्रेलियाको सिड्निबाट बाबा एजुकेसन कन्सल्टेन्सिले बिद्यार्थीहरुलाई उच्च शिक्षा र भिषा सम्बन्धि सेवा प्रदान गर्दै आएको छ ।20180306_10212241996518707_1895704201_o कन्सल्टेन्सिका दक्ष कर्मचारीहरुले विद्यार्थीको हरेक समस्यालाई नजिकबाट केलाएर सहि बाटो दिँदै विद्यार्थीहरुलाइ आफ्नो उदेश्य पुर्ति का लागि सहयोग गर्ने गरेका छन् । हाम्रो मुख्य उदेश्य नै विद्यार्थी हरुलाइ अनुकूल वातावरण प्रदान गरि विभिन्न सेवा सुविधा, सहि ढंगबाट दिन नै हो भन्छन् बाबा एजुकेसन कन्सल्टेन्सिका सि इ ओ, रबिन्द्र कुमार शर्मा । साथै सम्पूर्ण विद्यार्थीहरुको साथ र सहयोगले नै र उनिहरुको विश्वास जितेकै कारण यो उपादि पाउन सफल भएको भनाइ छ रवीन्द्र कुमार शर्मा को। तशर्थ उहाँले यो अवार्ड पाउनका लागि साथ सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइ सहयोगी हातहरु र सम्पूर्ण बाबा एजुकेसन का कर्मचारिहरु प्रति विशेष आभार व्यक्त गर्नुभएको छ। आगामी दिनमा पनि यसरी नै विद्यार्थीवर्गहरुको समस्यलाई मुख्य प्राथमिकता दिँदै र अझै व्रिहत र बेवास्ततित रुपमा अगाडि बड्ने योजना रहेको बताउँछन् बाबा एजुकेसन कन्सल्टेन्सि सिड्निका मार्केटिङ एन्ड एड्मिसन म्यानेजर अमृत शर्मा ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्